ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिनमा सञ्चालन हुँदै


एबीसी / संवाददाता

काठमाडौँ, २८ माघ । काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी एकरदुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोडरअनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ । टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङ/अनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए ।

उनले भने, “वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको छ, अब चाँडै सञ्चालन हुनेछ ।”

यसैगरी, आयातकर्ता/निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको कूल लागत एक अर्ब ५४ करोड छ । करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ ।

बन्दरगाहमा लोड–अनलोड भवन तीन, गोदाम घर तीन, प्रशासनिक भवन तीन, एप्राइजल सेड तीन, धर्मकाँटा तीन, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर र्‍याडमा पाँच सय कन्टेनर र पाँच सय ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ ।

बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ । चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करिब एक दशकअघि नै सुरु भएको थियो । नेपाल र विश्व बैंकबीच विसं २०७० जेठमा (जुन २०१३) चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो । त्यसपछि आव २०७०/७१ को बजेटले चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जमिनको व्यवस्था गर्न बजेट छुट्याउने घोषणा गरेको थियो । त्यसको करिब पाँच वर्षपछि साउन विसं २०७५ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौँ सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास विसं २०७५ माघ ३ गते भएको थियो । स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ । तेस्रोपटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको बताइएको छ । बन्दरगाह तथा आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै अब आयातकर्ताले आयात गरेर ल्याएका मालवस्तुको भन्सार जाँचपास काठमाडौँमै गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

सम्बन्धित

‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’ : बैंकर्स संघ

ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

एनएमबी बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

एनआइसी एसिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने

धनियाँ बेचेर वार्षिक तीन लाख

अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com