ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा कार्यालय झापामा लाग्यो तालाबन्दी


admin

झापा , १२ माघ । ग्रेडिङ प्रणाली प्रति असन्तुष्टि जनाउँदै झापा भद्रपुरका विद्यार्थीहरुले शुक्रवार जिल्ला शिक्षा कार्यालय झापा घेराउ गर्दै तालाबन्दी गरेका छन् । तालाबन्दी गर्न गएका विद्यार्थी मध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षाफल ग्रेडिङ प्रणाली पद्धतिबाट लागु गरेको प्रति असन्तुष्ट जनाउँदै त्यसको विरोधमा वीरेन्द्र, एमरेल्ड एकाडेमी र विभुती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले एक घण्टा शिक्षा कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् । वीरन्द्र क्याम्पसमा भेला भएका विद्यार्थीहरुले ग्रेडिङ प्रणाली विरुद्ध चर्को नाराबाजी गर्दै विहान १० बजे शिक्षा कार्यालय परिसर पुगेका थिए ।

शिक्षा कार्यालय पुगेका विद्यार्थी समूहले कार्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए । विद्यार्थी समूहले शिक्षा कार्यालय घेराउ गरेपछि प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विद्यार्थीहरुलाई मुल गेट भन्दा बाहिर निकालेका थिए ।

विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेका थिए । कार्यायलमा तालाबन्दी गरेको भन्दै यता प्रहरीले विरोध कार्यक्रमको नेतृत्व गर्ने नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारी, सचिव प्रकाश भण्डारी, निकेश श्रेष्ठ र मनोहर गौतमलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरी कार्यालय झापा लगेर आधा घण्टा पछि छाडेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले गत पुस २९ गते प्रकाशित गरेको कक्षा ११ को नियमित परीक्षाफल बिषयगत ग्रेडका आधारमा सार्वजनिक गरेपछि विद्यार्थीहरुले असन्तुष्ट जनाउँदै विरोधमा उत्रिएको नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारीले बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली पद्धित अनुसार कुनै बिषयमा ‘डी प्लस’ ल्याए पुनः मौका परीक्षा दिने व्यवस्था छ । तर, एक बिषय भन्दा बढिमा ‘डी प्लस’ ल्याए अर्को बर्षको परीक्षामा सहभागी हुने पाउने व्यवस्था प्रति विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।

एक बिषय र धेरै बिषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीको परीक्षा एकैपटक गर्नुपर्ने विद्यार्थी मोर्चाको माग रहेको छ । यसको विरुद्ध गठित संयुक्त विद्यार्थी मोर्चाले बुधवार जिल्ला शिक्षा कार्यालय झापा मार्फत राष्ट्रिय परीक्षा बोर्डलाई लिखित ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

 

एबीसी रिर्पोटर पार्थ मण्डल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com