ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)


abc

काठमाडौं, २४ माघ । अचम्म जस्तै लाग्ने गरी एक अर्काका दुश्मन बनेका प्रचण्ड र ओली गत पुस १० गते आपसमा मिलेर गठबन्धन सरकार बनाउन सहमत भएका थिए । तत्कालीन नेकपाकालमा ५ वर्ष मध्ये २ वर्ष प्रचण्डलाई प्रधानमन्त्री हस्तान्तरण गर्न तयार नभएका एमाले अध्यक्ष केपी शर्मा ओली २०७७ देखि २०७९सम्म आइपुग्दा ठूलो क्षति भोगेपछि तिनै प्रचण्डलाई प्रधानमन्त्री बनाउन अग्रसर हुनु आफैंमा अनौठो लाग्ने घटना भएपनि त्यो ओलीको बाध्यता र प्रचण्डको आवश्यकता थियो ।

निर्वाचनमा सँगै होमीएका पुरानो गठबन्धनबाट देउवाले प्रधानमन्त्री स्वीकार्ने वचनबद्धता तोडेपछि प्रचण्डलाई जसरीपनि प्रधानमन्त्री बन्नु थियो । ओलीलाई भने गत दुई वर्षदेखि सत्ताच्युत भएर राजनीतिक र अंक गणितिय रुपमा एक्लिन परेको पीडाबाट उम्केर सत्तारुढ बन्नु थियो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ७ वटै प्रदेश सकारमा हिस्सेदारी मात्र होइन, ४ वटा प्रदेशको मुख्यमन्त्री समेत प्राप्त गरे । संघीय सरकारमा अर्थ, परराष्ट्र, रक्षा समेत ८ वटा मन्त्रालय पाएर प्रचण्ड प्रधानमन्त्री भएपनि ओलीले आफूलाई किंग मेकरका रुपमा स्थापित गरे ।

प्रतिनिधिसभाको सभामुख ओलीले आफ्ना विश्वासपत्रलाई बनाउन सफल भए भने राष्ट्रपति समेत ओलीकै हुने अवस्था थियो र अझै पनि छ । तर ओलीले प्रचण्डलाई सरकार बनेको लगत्तैबाट किन चिढाएर आफ्नै दलको समग्र हितका विरुद्ध लागेका हुन् भन्ने तथ्य विचित्रको रहस्य भएको छ ।प्रचण्ड र ओलीका बीचमा सहमति भएअनुसार प्रतिनिधि सभाको उपसभामुख माओवादीबाट हुनुपर्ने थियो । तर ओलीले माओवादीको उपसभामुख हुनबाट रोक्न घण्टीको उमेद्वारलाई अघि सारेको कुराले प्रचण्ड र माओवादीलाई ओलीप्रति सशंकित बनाइदिएको माओवादी नेताहरु बताउँछन् ।प्रतिनिधिसभाको उपसभामुख पनि संवैधानिक परिषद्को सदस्य हुने भएकाले पनि ओलीले संवैधानिम परिषद्मा प्रतिनिधित्व नै नहोस् भन्ने चाहन्छन् ।माओवादी नेताहरुसंवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायधिश, विपक्षी दलको नेता, प्रतिनिधि सभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्ययक्ष समेत गरी ६ सदस्य हुन्छन् । अहिले परिषद्मा एमालेको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा अध्यक्ष, सभामुख र उपसभामुख रहेको माओवादीको बुझाई छ । ओली प्रधानमन्त्री भएको बखत वा एमाले विपक्षी वेन्चमा बस्न परेको अवस्थामा एमालेका ४ जना परिषदमा हुने अवस्था सिर्जना भएको छ । यसबाट प्रचण्ड झस्केका छन् ।

आफू प्रधानमन्त्री भएरपनि ओलीको डिक्टेशन मान्नुपर्ने हो भने किन विकल्प नसोच्ने भन्ने मुडमा प्रचण्ड पुगेको देखिन्छ ।सरकार गठनको शुरुमै अर्थ र गृहमध्ये एक प्रधानमन्त्रीसँग हुनु पर्ने प्रचण्डको प्रस्तावमा ओली सहमत भएनन । ओलीले घण्टीका सभापति रवि लामिछानेसंग छुट्टै खुसामत गरेर गृह लामिछानेलाई र अर्थ एमालेलाई परेपछि प्रचण्ड शुरुमै ओलीको व्यवहारबाट उकुसमुकुस भएका थिए । त्यहींमाथि मन्त्रीहरुको वरियतामा एमालेबाट सरकारको नेतृत्व गर्ने व्यक्ति प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा हुनुपर्दछ भनेर नारायणकाजी श्रेष्ठ भन्दा विष्णु पौडेललाई माथि राखेपछि एकैपटक प्रचण्ड र श्रेष्ठ ओलीप्रति नकारात्मक बनेका थिए । सरकार गठनको पहिलो दिनबाटै खटपट शुरु भएकोमा संसदको पहिलो वैठकमा ओलीले संसद विघटन गलत नभएको भन्दै व्याख्या गरेपछि अन्य विपक्षीसँगै माओवादी नेताहरु पनि ओलीप्रति सशंकित बनेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ – नवनियुक्त आईजीपी कुँवर

काठमाडौं, १० चैत्र। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ। विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं , १० चैत्र ।  बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा

सम्बन्धित

संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ – नवनियुक्त आईजीपी कुँवर

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com