ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची–काली उल्टो पदयात्रामा ‘रुपना थारू’


एबीसी / संवाददाता
माघ २४, २०७९ मंगलबार  ८ : २१ बजे

दमक, २४ माघ । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू सोमबार दिउँसो दमक आइपुगेका छन् ।

श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका काँकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिब ५२ किलोमिटर यात्रा पूरा गरेका छन् ।

सामान्य खेतीपाती गरी आएका थारू दम्पती दैनिक २०–२५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किएका हुन् । दमकमा भेटिएका पैदयात्री थारूले विश्वशान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताउँछन् । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् रुपना । उनी भन्छन्, “उल्टो हिँडेर लक्ष्यमा पुग्न आफैँमा कठिन हो, तर पनि दुःखी भने बिल्कुल छैन ।”

पदयात्रा सुरक्षित बनाउन आफैँ होसियारी अपनाउँछन् उनी । दिनभरि हिँडे पनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोबस्ती गर्छन् थारू दम्पती । साँझ परेपछि राजमार्गमा सहजै हिँड्न सकिँदैन श्रीमानलाई बाटो देखाउँदै सुल्टो हिँडेर सहयोग गरिरहेकी छन् । उनको यात्रालाई सहजीकरण गरिआएको श्रीमती सम्झनाको भनाइ छ ।

पदयात्री थारूका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ । बाटोमा जंगलसमेत भएका हुँदा त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उहाँ बताउँछन् । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउँदै उनले दुई दिनमा राजमार्ग आसपासका ट्राफिक प्रहरीले भने सहयोग पुर्‍याएको अनुभव सुनाउँछन् । यसरी नै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उनको आत्मविश्वास छ ।

यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउँदै पदयात्री रुपना भन्छिन्, “बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्भाव पाएको छु, यस्तै सहयोग पाए आभारी हुने थिए ।”

पदयात्रा हरेक मानिसको आ–आफ्नो रहर भए पनि यस कार्य भने फरक भएको उनको बुझाइ छ । मेरो उद्देश्य सारा पृथ्वीजगत्को कल्याणको छ, मनभरि यही कामना लिएर यात्रारत भएको उनले सुनाए । यात्रा काठमाडौँ पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उनी बताउँछन् । उल्टो हिँडेर पशुपतिनाथ मन्दिरको पहिलोपटक दर्शन गर्ने इच्छा भएको भन्दै उनले त्यसलगत्तै महाकालीसम्मको आफ्नो गन्तव्यमा लाग्ने योजना बताए ।

आफूले यात्राका क्रममा देखेकाभोगेका र विश्वशान्तिका सद्कर्मका बारेमा सामान्य भलाकुसारीसँगै अनुभव आदानप्रदान गरिएको छ । यो यात्राले मेरो जीवनलाई सतकर्ममा हिँड्न प्रेरणा दिने ठान्छन् । उनी भन्छन्, “पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com