ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियाको संवैधानिक अधिकारमाथि चुनौति दिने गल्ती नदोहर्याउन रवि लामिछानेलाई नेपाल मिडिया सोसाईटीको चेतावनी


एबीसी न्यूज
माघ २३, २०७९ सोमबार  ७ : ३१ बजे

काठमाडौं, २३ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्तिजनक, अशोभनीय र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ । आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थि ए। उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए । लामिछानेको उक्त अभिव्यक्ति धम्कीपूर्ण रहेको भन्दै नेपाल मिडिया सोसाइटीले निन्दा गरेको हो ।

पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्तिदिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर घात भएको सोसाइटीको ठहर छ । नेपालको परिवर्तन र जनताको हक अघिकारको स्थापना, संरक्षण र विकासकालागिअग्रीममोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्वनिर्वाह गर्दै आएको नेपालको स्थापितपत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहारो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रबैयाले उनको नवोदितदलको मिडिया विरोधी रबैयालाई उदाङ्गो पारेको छ । जनतालाई झुक्याएर उपप्रधानतथा गृहमन्त्रीबनेको व्यक्तिले जनतासमक्ष माफीमाग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुको नामै लिएर सार्वजनिक रूपमा धम्कीदिंदै विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने चेतावनीबाट नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरु असुरक्षित हुनसक्ने स्थिति देखा परेको घटनाप्रति नेपाल मिडिया सोसाइटी सम्वन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौ । नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर रुपमा संघर्ष गर्दै आएको नेपाली मिडिया जगत कुनै पनि दल वा व्यक्तिका त्यस प्रकारका धम्कीहरुबाट विचलित हुने छैन । आमसञ्चार माध्यममा प्रकाशित तथा प्रसारित कुनै पनि सामग्री प्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान पर्याप्त छ ।

तर लामिछानेले नेपाली मिडियालाई सार्वजनिक रुपमा धम्काएर आफ्नो पद गुमेको तितो पोख्ने जुन शैली अपनाए त्यसले उनको बचकनापन र अराजनीतिक शैलीलाई मात्र देखाएको छैन कि आपराधिक बाटोमा अघि बढ्न सक्ने खतरा पनि देखाएको छ । लामिछानेको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षमा मात्र भएको छैन, तत्काल लामिछानेले आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन आग्रह गर्दै यदि उनीसँग आरोपित गरिएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न समेत चुनौति दिन चाहन्छौं । नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्नगर्न चाहन्छ, के नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्याय पालिकामाथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे ? तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आमजनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौति दिने गल्ती नदोहर्याउन समेत चेतावनीदिन चाहन्छौं । विज्ञप्तीमा भनिएको छ । यस्तै अभिव्यक्तिले कुनै अप्रिय घटना भएमा लामिछाने र उनको पार्टीले जिम्मेवारी लिनुपर्ने सोसाइटीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com