काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्। शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्।रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भन्ने प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’रास्वपाले गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी थियो।बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो। उक्त समय सकिन लागेको छ।माघ १३ गते सर्वोच्च अदालतले रास्वपाका सभापति समेत रहेका रवि लामिछानेलाई नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठहर्याएको थियो।








प्रतिक्रिया दिनुहोस्