ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोले (भिडियो)


एबीसी न्यूज

काठमाडौं, २० माघ ।  मंसिर ४ को चुनावका क्रममा र त्यसपछि नेपालमा घण्टीको ब्यापक चर्चा भयो । रवि लामिछानेले प्रयोग गरेको चुनाव चिन्ह भएका कारण देशभर घण्टीको चर्चामात्र होइन लहर नै देखियो । चुनावका क्रममा यस्तो बनाइएको थियो कि मानौं रविलाई कसैले नेपाल र नेपालीको कायापलट गर्न आदेश दिएर नेपाल पठाइएको हो । अनि रवि एकैचोटि धुरीमा चढे । संसारमा रहने कुनै पनि जीवजन्तु वा मानव जाति धुरीभन्दा माथि जान उड्नुपर्छ । तर, रवि उड्न सक्ने अवस्थामा थिएनन् ।

किनकि उनी हिँडेको गन्तव्य कानूनसम्मत थिएन । मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोभको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोलेका छन् । कीर्ते नागरिकता देखाएर राजनीतिक दल गठन गरेका रविले त्यही नागरिकताको भरमा चुनाव लडे, जितेर आए अनि अस्वाभाविक रूपमा एकैपटक उपप्रधानसहित गृह मन्त्रालय पाए । नागरिकताको विषय अदालतमा विचाराधीन रहेको र पासपोर्ट दुरुपयोगको आरोप लागेका लामिछानेलाई गृह प्रशासनको साँचो सुम्पिँदा नै यसको विरोध भएको थियो । सत्ता स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने राजनीतिक दलले रविलाई गृहको साँचो सुम्पेर बिरालोलाई दूधको साक्षी बनाए । संवैधानिक इजलासले लामिछानेले प्रयोग गरेको नागरिकतालाई अवैध भनिदियो । सर्वोच्चको एक आदेशले उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद एकै झड्कामा गयो । माघ १३ गते शुक्रवार सर्वोच्चको आदेशपछि आफूलाई ‘अनागरिक’ भएको गुनासो गर्दै लामिछाने निन्याउरो मुख लगाउँदै सिंहदरबारबाट लुरुलुरु बाहिरिए ।

सर्वोच्चको आदेशलाई स्वागत गर्ने बताएका रविले उपनिर्वाचनको तयारी गर्लान् भन्ने धेरैको विश्वास थियो । सर्वोच्चकोे आदेशले पदच्युत भएका लामिछानेलाई ३ दिनमै गृहमा फर्किने महत्त्वाकांक्षा पलायो, आफैंलाई पुनः गृहको चाबी दिनुपर्ने हठ राखेका छन् । नेपालको विकृत राज्यसंयन्त्र, जन विरोधी शासन शैली र भ्रष्टाचारले आक्रान्त पारिरहेको बेला देशमा निराशा छाएको थियो र त्यो निराशाको तह अझै बढ्दै छ । यस्तो खालको धमिलो राजनीतिक वातावरणमा उत्रेर माछा मार्ने रबिको मनसुवाले यहाँनेर काम गर्न सकेन । उनलाई पर्दापछाडि बसेर मद्धत गर्ने शक्ति केन्द्रले नेपालको परिपक्क बन्दै गएको नागरिक समाजलाई बुझ्नै सकेनन् । उनको उदय र पतन नेपाली राज्य व्यवस्थाकै नालायकीको सुन्दर उदाहरण हो । संसदीय प्रणालीले कसैलाई शिखरमा चढ्न र ह्वात्तै झार्नका लागि सजिलै योगदान गर्न सक्छ । यस्तो संसदीय प्रणालीले गर्न नसक्ने भनेकै आम जनताको जीवनस्तरमा सुधार मात्रै हो । अरु सबै खालको अपराध र बेइमानी गर्न र गराउन सक्षम व्यवस्था नै संसदीय प्रणाली हो ।

रवि लामिछानेले सर्वोच्च अदालतको पूर्णपाठ पर्खने धैर्यता पनि उनले गरेका छ्रैनन् । झूटा नागरिकता पेश गरेर जितेको सांसद पद खारेज भइसक्दा पनि उनले आफूलाई लज्जाबोध गरेनन् । बरु सत्ता साझेदार दलका नेतामार्फत प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेर तत्कालै सत्तामा पुग्ने सपना देख्न थालेका छन् । आइतवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्ति गरेसँगै उनमा गृह मन्त्रालयमा फर्कने महत्त्वाकांक्षा पलायो, उनले एकैदिन पार्टीका ३ बैठक राखेर नाटकीय ढंगले आफूलाई पार्टी सभापति बनाए । त्यसैको आडमा गृह मन्त्रालयमा आफूलाई पुनर्बहाली नगरे पार्टी सरकारबाट बाहिरिने घुर्की प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । रवि टेलिभिजनबाट जुन प्रवृत्तिको विरोध गरेर रवि राजनीतिमा स्थापित भए, उनका क्रियाकलाप त्यही पुरानो कुराको पुनरावृत्ति गरिरहेका छन् । नैतिकताको पाठ सिकाउने उनले आफ्नै बोली बिर्सिएका छन् । उनी पत्रकारिता कर्ममा छँदा उपप्रधानमन्त्रीको भीड बनाइएकोमा विरोध गर्दथे । गैरसांसदलाई मन्त्री बनाइएकोमा उनको आक्रोश हुन्थ्यो ।

अक्टोबर ८, २०२१ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाल मन्त्री बनेको दिन रविले ट्वीटरमा लेखेको सन्देश अहिले सामाजिक सञ्जालमा छ्यापट्यापती छ । उनले लेखेका छन्, ‘गैरसांसद मन्त्री भै छाडे । विधि पद्धति, आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस, उफ् !’ रविको आजको हैसियत गजेन्द्र हमालको जस्तै हो तर उनी गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । आफूलाई गृहमन्त्रीको शपथ नगराए सरकारबाट बाहिरिने भनेर मोलमोलाइ गरिरहेका छन् । उनले भन्ने गरेको विधि र पद्धतिको कुरा आफ्नो हकमा भने लागू हुनुनपर्ने परिभाषा बनाउँदै छन् । लामिछानेका प्रत्येक क्रियाकलाप चुनावअघि आफैंले गरेका प्रतिबद्धताको विपरीत छन् । ‘रवि लामिछाने प्रालि’ जस्तै बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी के गर्दैनौं’ शीर्षकमा लेखेको प्रतिबद्धता पत्रमा चुनाव हारेको व्यक्तिलाई चोर बाटोबाट सरकारमा नलैजाने उल्लेख थियो ।

लाज पचाएर आज उनी आफैं त्यहीँ चोर बाटोबाट गृहमन्त्री बन्नका लागि कहिले बालकोट र कहिले बालुवाटारको परिक्रमा गरिरहेका छन् । रवि नेपाली राजनीतिको अपवाद बन्छन् र परम्परागत राजनीतिक दलले गरेका गल्ती दोहो¥याउँदैनन् भन्नेमा धेरैलाई आशा थियो । तर उनले सत्तारोहणको पहिलो महिनामै आफ्नो चरित्र उजागर गरेका छन् । परम्परागत दलभन्दा रवि फरक हुन्, उनले राजनीतिक चरित्र देखाउँछन् भनेर प्रतिरक्षा गर्नेहरू अहिले दुलो पस्नुपर्ने अवस्था आएको छ । सञ्चारकर्म छाडेर राजनीतिमा आउनुअघि लामिछाने नेपाली नेताहरूलाई उग्र रुपमै नैतिकताको पाठ सिकाउने गर्थे । तर आफैँ अहिले नेता बनेपछि उनले नैतिकताका सबै सीमा रेखा तोडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com