ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दबाबै दबाबमा प्रधानमन्त्री प्रचण्ड (भिडियो)


एबीसी न्यूज
माघ २०, २०७९ शुक्रबार  ९ : ११ बजे

काठमाडौं, २० माघ । नयाँ सरकारको १ महिना वितिसक्दा तेस्रोपटक प्रधामन्त्रीमा चुनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबै दबाबमा परेका छन् । पछिल्लो राजनितिक घटनाक्रमले प्रधानमन्त्री प्रचण्डलाई दबाबमा पारेको छ । नेपाली कांग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका नयाँ दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता गठबन्धन, प्रतिपक्षी दलहरुसहित पार्टीभित्रकै आन्तरिक नेताहरुका दबाबमा परेका छन् । नयाँ सरकारको १ महिना वितिसक्दा तेस्रोपटक प्रधामन्त्रीमा चुनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबबै दबाबमा परेका छन् ।

पछिल्लो राजनितिक घटनाक्रमले प्रधानमन्त्री प्रचण्डलाई दबाबमा पारको हो । नेपाली कांग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका नयाँ दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता गठबन्धन, प्रतिपक्षी दलहरुसहित पार्टीभित्रकै आन्तरिक नेताहरुका दबाबमा परेका हुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत दिएकोमा उनलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने दबाब छ । कांग्रेसले चाहेजस्तै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको निर्णय गरेका प्रचण्डले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्नुपर्ने चुनौती छ ।

नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डलाई नेकपा एमालेसँगको गठबन्धन कायम राख्नुपर्ने दबाव छ । एमालेले राष्ट्रपति आफ्नै पार्टीले पाउनुपर्ने भन्दै दिएको दबाब र कांग्रेसले राष्ट्रपतिमा चल्न खोजिरहेको राजनीतिक चालका कारण प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिइरहेका छन् । नेपाली कांग्रेसले सोहीअनुसार राष्ट्रपति निर्वाचनको तयारीलाई अगाडी सारेको जानकारी दिएका छन् । यो समय राजनितिक हिसावले प्रधानमन्त्री प्रचण्डका लागि अग्नि परीक्षा सरह हुने देखिएको छ । राजनीतिक दलका नेतामा सहमति हुन नसके दल बाहिरको व्यक्तिलाई उम्मेदवार बनाएर भए पनि राष्ट्रिय सहमति गर्नुपर्ने दबाबमा प्रचण्ड रहेका छन् । गोर्खा निर्वाचनमा सहयोग गरेको हिसाबले डा. बाबुराम भट्टराईलाई पनि राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडी सार्नुपर्ने चुनौती छ । तर प्रधानमन्त्री प्रचण्डले एमालेसँग भएको सहमति तोड्न नहुने बामपन्थी विश्लेषकहरुको सुझाव छ । यता गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका थिए । यतिमात्र नभएर गृहमन्त्रीको विषयमा नेकपा माओवादी केन्द्रभीत्रै प्रधामन्त्री प्रचण्डलाई दबाब छ । माओवादी केन्द्रका नेताहरुले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताउँदै गृहमन्त्री आफ्नै पार्टीका भागमा हुनुपर्ने अडानसहित प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । उनीहरुले गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि बताउँदै आएका छन् । यता गृहमन्त्रालयबाट बाहिरीएका व्यक्तिले सोही मन्त्रालयमा दाबी गर्नुमा आशंका सुरु भएको छ ।

नागरिकता विषयमा विवादित रबीले केही समय गैर सांसद भएर बस्नुपर्ने र मन्त्री हुन हतार गर्न नहुने विज्ञहरुको भनाइ छ । सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए । त्यसपछि रविले प्रक्रिया पु¥याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाव दिइरहेका छन् । लामिछाने नेतृत्वका पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहँदा प्रधानमन्त्री प्रचण्डलाई थप दबाब थपिएको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् । सरकार बनाउँदा रास्वपाले गृह मन्त्रालय पाएको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिएको भन्दै गृहमन्त्री बनाउँदा कानुन र संविधानको भावनालाई पनि ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । यसरी प्रधानमन्त्री प्रचण्ड सत्ताभित्र, बाहिर र पार्टीभित्रैबाट दबाबमा छन् । यसबाट उम्किन उनले समयमै दुर्दर्शी, सन्तुलित र सही निर्णय लिएर भविष्यमा आउन सक्ने राजनितिक संकटबाट बच्न आवश्यक छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com