ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपालाई गृहमन्त्री दिए हुन्छ, सर्वोच्चको पूर्णपाठ आवश्यक पर्दैन– ओली : सरकार छोड्नुपर्ने निष्कर्षमा – रास्वपा


एबीसी न्यूज

काठमाडौं, १९ माघ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको समझदारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिनुपर्ने बताएका छन्। बिहीबार बिहान बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो तर्क गरेका हुन्।

पुस १० मा सात दलीय सत्ता गठबन्धनबीच बालकोटमा भएको सहमतिअनुसार रास्वपाले गृहमन्त्रालय पाउनुपर्ने तर्क उनले दोहोर्‍याएका हुन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका उनले पूर्वसमझदारीअनुसार रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने अडान राखेका थिए। ओलीले पत्रकारहरुसँगको कुराकानीका क्रममा गृह रास्वपालाई दिने विषयमा प्रधानमन्त्री प्रचण्डसँग आफ्नो सहमति रहेको पनि खुलाए। पूर्वसमझदारीअनुसार रास्वपाले गृहमन्त्रालय लिँदा त्यसमा कसलाई मन्त्री पठाउने विषयमा पनि त्यही दलको हुने तर्क ओलीको थियो।उनले गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले गृहमन्त्रीदेखि सबै पद गुमाएको सन्दर्भमा नयाँ नियुक्तिका लागि पूर्णपाठ आवश्यक नपर्ने तर्क गरे।

उनलाई पत्रकारहरुले प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलाको पूर्णपाठ सार्वनजिक भएपछि मात्रै गृहबारे निर्णय लिने बताउनु भएको छ नि ? भनेर सोधेका थिए। यता राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने–नरहने निर्णय गर्ने प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ। महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले बैठक आजै साँझ बोलाउने तयारी भइरहेको र सभापति रवि लामिछानेसँग परामर्श भइरहेको जानकारी दिए।नेपाली नागरिकता प्रमाणपत्र नभएपछि १३ माघमा सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरेको थियो। गृहमा फर्काउन प्रधानमन्त्रीले नचाहेको संकेत पाएर रास्वपा सभापति रवि लामिछानेले १७ माघको साझसम्म निर्णय नगरे सरकारबाट बाहिरिने अल्टिमेटम दिएर बालुवाटारबाट निस्किएका थिए।

रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घण्टा भइसकेको छ तर, अहिलेसम्म पनि सरकारबाट बाहिर निस्किएको छैन। उता प्रधानमन्त्रीले गृहमन्त्रालय आफैँसँग राख्ने बताएका छन्। महामन्त्री एवम् प्रवक्ता डा.ढकालले प्रधानमन्त्रीले कुनै जवाफ नपठाएकोले बैठक बसेर निर्णय गर्न लागेको बताए। ‘प्रधानमन्त्रीले गृहमन्त्रीमा अर्को नाम पठाउनु पनि भन्नुभएन, हाम्रो सभापतिलाई पनि पुनः नियुक्त गर्नुभएन,’ ढकालले भने, ‘अब हामी सरकार छोड्नुपर्ने निष्कर्षमा पुगेर बैठक बोलाउन लागेका हौँ।’ केन्द्रीय समिति बैठकमै छलफल गरेर मात्र यसबारे निर्णय गर्ने उनले दाबी गरे।

आगामी राजनीतिक र समसामयिक विषय राखेर सरकारमा रहने कि छोड्ने प्रस्ताव लैजान्छौं,’ उनले थपे, ‘त्यही निर्णय गरेर अघि बढ्छौँ।’ तर, रास्वपाका नेताहरुले सभापति रविको बाहेक अन्य नेताको नाम लिएर प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने सुझाव दिएका छन्।रविकै कारण पार्टीमा समस्या भएको भन्दै केही सांसदहरु पनि फरक सांसदलाई जिम्मेवारी दिनुपर्ने पक्षमा उभिएपछि सभापति रविमाथि दबाब छ। त्यही भएर उनले बुधबार दिनभर जसो कानुनविद्, अभियन्ता र सम्बन्धित विज्ञसँग छलफल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com