ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व राष्ट्रपति यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएको नजिर राष्ट्रपति भण्डारीले तोड्ने


abc

काठमाडौं, १८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने भएकी छन् । यसअघिका राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएको नजिर राष्ट्रपति भण्डारीले तोड्ने भएकी हुन् ।

शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी आफ्नै निजी निवासमा सर्नेछिन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा उनको निजी निवास छ । केही दिनअघि मात्रै सो निवासको जिर्णोद्वार गरेर बस्नलायक बनाइएको थियो ।राष्ट्रपति कार्यालयले सरकारलाई अवकाशपछि बस्न आवास बनाइदिनुपर्ने प्रस्ताव गरेको तर, सरकारले उनकै जग्गामा घर बनाइदिन लागेको भनि केही मिडियामा प्रकाशित समाचारलाई शीतल निवास स्रोतले खण्डन गर्यो ।‘यो राष्ट्रपतिज्यूलाई विवादमा पार्न सुनियोजितरुपमा गरिएको दुष्प्रचार हो,’ स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयबाट त्यस्तो केही पनि प्रस्ताव गएको छैन । अवकाशपछि सरकारी आवास सुविधा नलिनेमा राष्ट्रपतिज्यू स्पष्ट हुनुहुन्छ ।’राष्ट्रपतिको काठमाडौंमा घर भएको बाहेक अर्को जग्गा नरहेको पनि स्रोतको भनाइ छ ।

अहिले घर भएको जग्गा उनले २० वर्षअघि खरिद गरेकी थिइन् । घर बनाएको पनि करिब १५/१६ वर्ष भइसकेको छ । भण्डारी शीतलनिवास सरेपछि त्यो घर उनका भाइले रेखदेख गर्दै आएका छन् ।‘राष्ट्रपतिले आफ्नो घर मर्मत र रंगरोगनका लागि पनि सरकारलाई गुहार्नुभएन,’ स्रोत भन्छ, ‘आफ्नो जग्गामा घर बनाइदिने कुरा त झन् हास्यास्पद हो । औपचारिक वा अनौपचारिक रुपमा यस विषयमा कुनै पनि सरसल्लाह भएको छैन ।’

राष्ट्रपति कार्यालयले मुख्यसचिवको कार्यालयलाई राष्ट्रपतिको अवकासपछि समन्वय गरिदिन पत्राचार गरेको थियो । राष्ट्रपतिका प्रेस विज्ञ टिका ढकालका अनुसार उक्त पत्रमा निवासको विषयमा केही पनि उल्लेख गरिएको छैन ।उनले भने, ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने तथा सुरक्षा समन्वय गर्नुपर्ने भएकाले एउटा पत्र पठाइएको थियो । राष्ट्रपतिज्यू अवकाशपछि आफ्नै निजी निवासमा सर्ने तयारीमा रहनुभएकाले आवासका सम्वन्धमा सरकारसँग औपचारिक वा अनौपचारिक केही पनि प्रस्ताव गरिएको छैन । न त कुनै सरकारी निकायले नै केही तयारी गरेको हाम्रो जानकारीमा आएको छ ।’सरकारले पूर्वपदाधिकारी दिने सुविधाबारे स्पष्ट कानून बनेको छैन ।

मन्त्रीपरिषदको निर्णयका आधारमा पूर्वपदाधिकारीहरुले सुविधा भोग गर्दै आएका छन् । पूर्वराष्ट्रपति यादवले मन्त्रीपरिषद निर्णयबाटै आवास लगायत विभिन्न सुविधा लिएका हुन् । उनको निजी घर बागडोलमा सुनसान छ भने त्यही नजिकै सरकारले उनलाई मासिक दुई लाख (प्रत्येक वर्ष बढ्ने गरी) को घर भाडामा लिएर राखेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

सम्बन्धित

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

यी २० संस्था खारेज गर्ने सरकोको घोषणा (सूची)

प्रधानमन्त्री प्रचण्डले संसदलाई भारत भ्रमणको जानकारी दिए, सरकारी टोली ५० सदस्यीय,निजी क्षेत्रका गरी ८८ जना

बजेट हाइलाइट्स : बद्नामा सांसद विकास कोष देखि गाँजा खेतीको अध्ययन, १ सयमा कम्पनी दर्ता लगायत

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट : अघिल्लो भन्दा ४२ अर्बले घट्यो, के के थपिए के घटे ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com