काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै लामिछाने केहीबेर अगाडी बाहिरिएका हुन् ।
सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको भएपनि प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको उच्च स्रोतले दाबी गरेको छ । रवि विरुद्ध बाँकी रहेको पासपोर्टको काण्डको छिनोफानो नहुँदा सम्म गृहमा रविलाई फर्काउन प्रधानमन्त्री सकारात्मक हुन नसक्ने स्रोतको भनाइ छ । प्रचण्डले त्यस सम्बन्धमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गरिरहेका छन् ।
रवि र उनको रास्वपा भने गृहमन्त्रालय फर्काउन र रविलाई पुनः प्रधानमन्त्रीमा पठाउन आतुर देखिएको छ । लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्