ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेले फेरि लिए नागरिकता


एबीसी न्यूज
माघ १५, २०७९ आईतबार  ३ : १२ बजे

काठमाडौं, १५ माघ । रवि लामिछानेले फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट कानून बमोजिम पुनः नागरिकता लिएका हुन्। नागरिकता ऐन अनुसार, उनलाई पुनः नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

उनले २०५० सालमा वंशजका आधारमा नागरिकता लिएका थिए। त्यसपछि उनले अमेरिकी नागरिकता लिएका थिए। नेपाल आएपछि लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेका थिए।
तर, पुनः नेपाली नागरिकता लिएका थिएनन्।

उनले पुरानै नागरिकता प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका थिए। गत मंसीर ४ गते भएको चुनावमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। स्वतन्त्र पार्टी सरकारमा सहभागी भएपछि उनी गत पुस ११ गते गृहमन्त्री नियुक्त भएका थिए।यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। माघ ११ गते त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। त्योसँगै उनले पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए।आज उनले पुनः नागरिकता लिएका हुन्। उनलाई २०५० सालमा लिएको नागरिकताको प्रमाणपत्रको विवरणकै आधारमा नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com