ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै : को हुन् उपमन्त्री नुल्यान्ड ?


abc

काठमाडौं, १५ माघ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछिन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहने कार्यतालिका रहेको छ । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर उनको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटगर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्नेछिन् । साथै भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ । नुल्यान्ड सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकि थिइन । नेपालमा एमसीसी कार्यान्वयन पक्षबारे अमेरिकाको मुख्य चासो र प्राथमिकतामा रहेको छ । झन्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी अनुदान नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो वैदेशिक सहयोग हो । लामो विवादपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित भएको थियो ।

को हुन् नेपाल आउन लागेका उपमन्त्री नुल्यान्ड ?

उपमन्त्री नुल्यान्ड सन् २०२१ को अप्रिलदेखि अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामला हेर्ने उपमन्त्रीका रूपमा कार्यरत छन् । त्यसअघि उनी वाशिंटन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीति फर्म अबल्राइट स्टोनब्रिज समूहकी वरिष्ठ सल्लाहकार थिइन् ।

अमेरिकी विदेशमन्त्रालयका अनुसार उनी ब्रुकिङ्स इन्स्टिच्युटमा गैरआवासीय वरिष्ठ फेलो र येल युनिभर्सिटीमा ग्रान्ड स्ट्राटेजी अन्तर्गत कार्यरत थिइन् । साथै, ‘बोर्ड अफ द नेशनल इन्ड्वोमेन्ट फर डेमोक्रेसी’ अर्थात, लोकतन्त्रका लागि राष्ट्रि अनुदान बोर्डकी सदस्य समेत रहिसकेकी छन् ।

उपमन्त्री नुल्यान्डले अमेरिकी कूटनीतिज्ञका रूपमा बिताएका ३३ वर्षमा तत्कालीन राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री केरीको नेतृत्वमा रहेर सन् २०१३ को सेप्टेम्बरदेखि सन् २०१७ को जनवरीसम्म युरोपेली र युरेशियन मामिलाका लागि सहयाक मन्त्रीको रूपमा काम गरेकी थिइन् । त्यसअघि हिलारी क्लिन्टन विदेशमन्त्री हुँदा स्टेट डिमार्टमेन्टमा प्रवक्ता रहेकी उनी राष्ट्रपति जर्ज डब्लु बुशको दोस्रो कार्यकालमा सन् सन् २००५ देखि २००८ सम्म सैन्य संगठन नाटोका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गरेकी थिइन् ।

उनले सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डीक चेनीको उप राष्ट्रिय सुरक्षा सल्लाहकार र सन् २०१० देखि २०११ सम्म युरोपमा परम्परातग हतियार नियन्त्रण सन्धिमा विशेष दूत र मुख्य वार्ताकारका रूपमा काम गरेकी थिइन् ।

साथै, वाशिंटनस्थित अमेरिकी विदेशमन्त्रालय अन्तर्गत रहेर रुस, चीन र मंगालियामा समेत विभिन्न भूमिका काम गरेकी थिइन् । अमेरिकी विदेशमन्त्रालयका अनुसार उनले ब्राउन युनिभर्सिटीबाट इतिहास विषयमा स्नातकसम्मको अध्ययन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]om
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com