ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होला त राष्ट्रपतिमा राष्ट्रिय सहमति ? भिडियो


एबीसी न्यूज
माघ १३, २०७९ शुक्रबार  ११ : ४० बजे

काठमाडौं,१३ माघ । सरकारको मन्त्रिपण्डल विस्तार तथा प्रतिनिधिसभा संसदमा सभामुख उपसभामुखले पूर्णता पाएसँगै दलहरुबीच राष्ट्रपति पदको निर्वाचनको विषय प्राथमिकतामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति भएपनि कांग्रेसले पनि विश्वासका मत दिएकोले उक्त पद एमालेले नै पाउनेमा शंका सुरु भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेसँगै एमाले कडा रुपमा प्रतिरोधमा उत्रिएका छन् भने प्रचण्ड कांग्रेसलाई पनि सन्तुलनमा राखेर पाँचै वर्ष प्रधानमन्त्री बन्ने दाउमा रहेको त होइन भन्ने प्रश्न उठेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि दलहरूको ध्यान राष्ट्रपति र उपराष्ट्रपनि निर्वाचनमा गएको छ । सत्ता साझेदार दल भित्र र सरकारलाई विश्वासको मत दिएको, तर आफूलाई प्रतिपक्षी दल भनेर दाबी गर्दै आएको नेपाली कांग्रेसकोसमेत राष्ट्रपतिमा दाबेदारी छ । निर्वाचनपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पदमा लोभ देखाउँदा सर्वोस्व गुमाएको प्रमुख विपक्षी दल कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दै तयारीलाइै तिव्रता पारिरहेको छ । कांग्रेसले राष्ट्रपनि पाउने आशमा प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएको कांग्रेसका शीर्ष नेताहरुले बताउँदै आएका छन् । राष्ट्रपतिमा वर्तमान सत्ता साझेदारको मतभारले सत्ता साझेदारको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ । तर, पनि नेकपा एमाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेको राष्ट्रिय सहमतिको सरकार बन्ने अभिव्यक्तिले राष्ट्रपति आफूले पाउनेमा शंका गरिरहेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेको राजनीतिक समीकरणमा कांग्रेस नभएर राष्ट्रिय राजनीतिको मुख्य चासो एमालेमा केन्द्रीत हुनुपर्ने हो । राष्ट्रपतिको विषयमा प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भने भन्न छोडेका छैनन् ।

यसबाहेक प्रधानमन्त्री प्रचण्डको सार्वजनिक टिप्पणीमा अलमल देखिनुले पनि भावी राष्ट्रपति कुन दलबाट हुन्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । जबकी एमाले अध्यक्ष केपी शर्मा ओली भने भावी राष्ट्रपतिबारे मात्रै नभएर राजनीतिक कोर्समा पनि प्रष्ट सन्देश दिन खोजिरहेका छन् । ओलीले विश्वासको मतको बदला कांग्रेसले कुनैपनि पदमा भागबण्डा नपाउने संकेत दिएका थिए । यो समीकरण पाँच वर्षै टिक्ने निष्कर्षसहित ओली सरकारको बचाऊमा लगातार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

संघीय सांसद र प्रदेशसभा सदस्यबाट गोप्य मतदान हुनेभएकाले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा कांग्रेस छ । कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुअघि देखि नै राष्ट्रपति राष्ट्रिय सहमतिमा हुनुपर्ने बताउँदै पौडेलले राष्ट्रपति पदमा दावी गर्दै आएका छन् ।

सार्वजनिक रुपमा राष्ट्रिय सहमति भनिरहेका प्रचण्डले ओलीसँगको भेटवार्तामा पनि सत्तारुढमा भएको सहमति नतोडिने एमालेले जनाएको छ । तर सार्वजनिक रुपमा एमाले उम्मेदवार राष्ट्रपति बन्ने भने उनले भन्न सकेका छैनन् । हुनपनि प्रधानमन्त्री प्रचण्डको बक्तव्य र गतिविधि प्रष्ट नहुँदा एमालेभित्र राष्ट्रपति पदका आकांक्षी नेताहरुबारे उति धेरै छलफल हुन सकिरहेको देखिदैन । कांग्रेसमा देखिएको यस्तो सत्ता मोहमाथि टेकेर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने चाहनामा देखिएको अनुमान गर्न सकिन्छ । जसरी पनि राष्ट्रपति लिने कांग्रेस नेतृत्वको चाहनाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको अवसर बन्न अनुकुल समीकरण हुने आधार समेत तयार भएको देखिन्छ । ओलीबाट विगतमा पाएको धोकाका कारणले पनि प्रचण्ड राष्ट्रपतिको चुनाव अगाडि नै पाँचै वर्ष प्रधानमन्त्रीको सुनिश्चितता गर्न खोजिरहेका छन् । सभामुख र राष्ट्रपति समेत लिइसकेपछि ओलीले धोका दिए फेरि शक्तिहीन अवस्थामा पुगिने भयले पनि प्रचण्ड एमालेसँग थप सुनिश्चितता खोजिरहेका त होइनन् ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com