ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् सचिवालयले भन्यो – कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिइएको छैन


एबीसी न्यूज

काठमाडौं, १० माघ ।  नेपाली कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाएको भन्दै सोमबार समाचार बन्यो । संसद् सचिवालयले कांग्रेस संसदीय दललाई विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे दिएको जानकारी पत्रलाई आधार बनाएर कांग्रेसले प्रतीपक्ष दलको मान्यता पाएको भनियो । तर, संसद् सचिवालय स्रोतका अनुसार कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिइएको होइन । ‘विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे जानकारी दिएका हौँ । विपक्षी दलको मान्यता दिएको होइन । पत्रमा कांग्रेस विपक्षी दल भनिएको छैन,’ सचिवालयका एक अधिकारीले भने ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस प्रतिपक्षी दल नहुने विषय संसद्‌मा प्रवेश गरेको थियो । त्यसपछि कांग्रेसले २९ पुसमा प्रतिपक्षी दलको दाबी गर्दै संसद सचिवालयमा विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे जानकारी माग गर्दै निवेदन दिएको थियो । ‘काग्रेसले दिएको निवेदनमा प्रतिपक्षी दलको दाबी गरेको छ,’ सचिवालय स्रोतले भन्यो, ‘कांग्रेसको पत्र कर्मचारीमार्फत् आएको छ । कांग्रेसको नेता, प्रमुख सचेतक वा सचेतकमार्फत् आउनुपर्ने हो ।’ त्यसको जवाफ ४ माघमा संसद् सचिवालयले कांग्रेस संसदीय दललाई दिएको हो ।

पत्रमा संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची १ र २ बमोजिम हुने जानकारी गराएको हो । उक्त अनुसूचीमा विपक्षी दलको नेताले पाउने सेवा सुविधा उल्लेख गरिएको छ । यो संसद् सचिवालयले सभामुखमा देवराज घिमिरे निर्वाचित हुनुअघि नै कांग्रेसलाई जानकारी गराएको पत्र हो । घिमिरे सभामुखमा ५ माघमा निर्वाचित भएका थिए । कांग्रेसले विपक्षी दलको हैसियतमै सेवा सुविधा प्रयोग गरिरहेको पाइएको छ । संसद् सचिवालय स्रोतका अनुसार कांग्रेसले संसद्‌मा विपक्षी दलको कार्यकक्ष र त्यहाँ कार्यरत कर्मचारीको प्रयोग गर्दै आएको छ । ‘विवाद भएपछि विपक्षी दलको नेताले पाउने स्वकीय सचिव दिइएको छैन । त्यो बाहेक अरु सेवा सुविधा प्रयोग गरेको छ । संसद्‌को कार्यकक्ष प्रयोग गर्दै आएको छ,’ सचिवालयका एक अधिकारीले भने, ‘प्रयोग नगर्न भन्न सकिएको छैन ।’ त्यसो त कांग्रेस संसद्‌मा विपक्षी दलको कुर्सीमै बस्दै आएको छ । कांग्रेसको कुर्सीमा सचिवालयले प्रतिपक्षी दल नै उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com