ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति (भिडियो)


एबीसी न्यूज

काठमाडौं, ८ माघ । संसद्मा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेसले आफ्नो रणनीतिमा एकपछि अर्को असफलता भोगिरहेको छ । संघ र ७ वटै प्रदेशमा महत्वपूर्ण पद गुमाएको कांग्रेसले अब राष्ट्रपति र उपराष्ट्रपति पनि गुमाउने संकेत देखिएको छ ।

संघ र प्रदेश सबैतिर सरकारसँगै सभामुखजस्तो महत्वपूर्ण पद गुमाएको नेपाली कांग्रेसले गोप्य मतदानबाट चयन हुने राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रयास गरेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन गठबन्धन दल माओवादी केन्द्रलाई प्रधानमन्त्री दिन अस्वीकार गर्दा कांग्रेसले क्रमशः सबै पद गुमाउँदै गएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेसँगै कांग्रेसले संघीय सरकारको नेतृत्वसहित सभामुख गुमाएको छ । सातै प्रदेशमा काँग्रेसले मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुख पद गुमाइसकेको छ ।

अब कांग्रेसले गुमाउन बाँकी भनेको राष्ट्रपति र उपराष्ट्रपति हो । के अब कांग्रेसले यी पदहरु आफ्नो भागमा पार्ने ठोस रणनीति बनाउन सक्ला ? प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपतिमा साथ पाइएला कि भन्ने कांग्रेस नेताहरुमा झिनो आशा पलाउन थालेको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसप्रति केही नरम देखिएका छन् । तर, जसरी सभामुखमा सत्ता गठबन्धन घटकका एक जनालाई पनि कांग्रेसले आफूतिर तान्न सकेन, त्यसैगरी आसन्न राष्ट्रपतिको चुनाव पनि नेपाली कांग्रेसका लागि राजनीतिक पराजयको पछिल्लो शृंखला नबन्ला भन्न सकिन्न । तर कांग्रेसको पछिल्लो चाल हेर्दा उसले सत्तारुढ माओवादी केन्द्र र अन्य साना दललाई फकाएर राष्ट्रपति पद लिने रणनीति बनाएको अनुमान लगाउन गाह्रो छैन । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ । सोही रणनीतिअनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस निर्वाचनअघिको गठबन्धन ब्युँताउने प्रयासमा छ ।

कांग्रेस र माओवादी शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनमा मिलेर अघि बढ्ने सहमतिको आधारमा प्रधानमन्त्रीमा प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको काँग्रेस नेताको दाबी छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ राष्ट्रपति आफूअनुकूल बनाउने दाउमा लागीरहँदा सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।आफ्नो नेतृत्वमा रहेको गठबन्धन टुटिसकेपछि कांग्रेसले संघीय संसद् र प्रदेशसभामा चालेको कदममा समेत एकरुपता देखिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई उसले संसद्मा विश्वासको मत दियो । तर, सभामुख र उपसभामुखमा भने बेग्लै उम्मेदवार खडा गर्यो ।

मधेस प्रदेश र वाग्मतीमा उसले सरकारलाई विश्वासको मत दियो भने अन्य प्रदेशमा भने सरकारलाई समर्थन गरेन । प्रदेशमा सभामुख चयन गर्दा पनि कतै सहमति कतै विमति जनायो । प्रधानमन्त्रीकै लागि प्रचण्ड ओलीसँग मिल्न सक्छन् भन्ने भेउसमेत नपाएका देउवा फेल खाएपनि विश्वासको मत दिएर प्रचण्डलाई बोक्न खोजिरहेका छन् । विश्वासको मत दिनुको अर्थ नै सभामुख र राष्ट्रपतिमा माओवादीको समर्थन पाईहाल्ने आश पलाएर हो । तर विश्वासको मतमा सत्तापक्ष बनेको काँग्रेस सभामुखसम्म पुग्दा प्रतिपक्ष बनिसकेको छ । सकभर माओवादीसहितको समर्थन लिएर राष्ट्रपति लिइहाल्ने नीतिमा काँग्रेस अघि बढेको छ । त्यसका लागि सभामुख, उपसभामुख गुमाए पनि सत्ता गठबन्धन टुटाउन काँग्रेसले राष्टिय सहमतिको कुरा गदै आएको छ । यदि काँग्रेसले भने जस्तो र प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चयनमा राष्टिय सहमति खोज्ने प्रयास गरेभने गठबन्धन टुट्न सक्छ , त्यो फाईदा काँग्रेसले लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com