ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति (भिडियो)


एबीसी न्यूज
माघ ८, २०७९ आईतबार  १० : २२ बजे

काठमाडौं, ८ माघ । संसद्मा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेसले आफ्नो रणनीतिमा एकपछि अर्को असफलता भोगिरहेको छ । संघ र ७ वटै प्रदेशमा महत्वपूर्ण पद गुमाएको कांग्रेसले अब राष्ट्रपति र उपराष्ट्रपति पनि गुमाउने संकेत देखिएको छ ।

संघ र प्रदेश सबैतिर सरकारसँगै सभामुखजस्तो महत्वपूर्ण पद गुमाएको नेपाली कांग्रेसले गोप्य मतदानबाट चयन हुने राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रयास गरेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन गठबन्धन दल माओवादी केन्द्रलाई प्रधानमन्त्री दिन अस्वीकार गर्दा कांग्रेसले क्रमशः सबै पद गुमाउँदै गएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेसँगै कांग्रेसले संघीय सरकारको नेतृत्वसहित सभामुख गुमाएको छ । सातै प्रदेशमा काँग्रेसले मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुख पद गुमाइसकेको छ ।

अब कांग्रेसले गुमाउन बाँकी भनेको राष्ट्रपति र उपराष्ट्रपति हो । के अब कांग्रेसले यी पदहरु आफ्नो भागमा पार्ने ठोस रणनीति बनाउन सक्ला ? प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपतिमा साथ पाइएला कि भन्ने कांग्रेस नेताहरुमा झिनो आशा पलाउन थालेको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसप्रति केही नरम देखिएका छन् । तर, जसरी सभामुखमा सत्ता गठबन्धन घटकका एक जनालाई पनि कांग्रेसले आफूतिर तान्न सकेन, त्यसैगरी आसन्न राष्ट्रपतिको चुनाव पनि नेपाली कांग्रेसका लागि राजनीतिक पराजयको पछिल्लो शृंखला नबन्ला भन्न सकिन्न । तर कांग्रेसको पछिल्लो चाल हेर्दा उसले सत्तारुढ माओवादी केन्द्र र अन्य साना दललाई फकाएर राष्ट्रपति पद लिने रणनीति बनाएको अनुमान लगाउन गाह्रो छैन । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ । सोही रणनीतिअनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस निर्वाचनअघिको गठबन्धन ब्युँताउने प्रयासमा छ ।

कांग्रेस र माओवादी शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनमा मिलेर अघि बढ्ने सहमतिको आधारमा प्रधानमन्त्रीमा प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको काँग्रेस नेताको दाबी छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ राष्ट्रपति आफूअनुकूल बनाउने दाउमा लागीरहँदा सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।आफ्नो नेतृत्वमा रहेको गठबन्धन टुटिसकेपछि कांग्रेसले संघीय संसद् र प्रदेशसभामा चालेको कदममा समेत एकरुपता देखिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई उसले संसद्मा विश्वासको मत दियो । तर, सभामुख र उपसभामुखमा भने बेग्लै उम्मेदवार खडा गर्यो ।

मधेस प्रदेश र वाग्मतीमा उसले सरकारलाई विश्वासको मत दियो भने अन्य प्रदेशमा भने सरकारलाई समर्थन गरेन । प्रदेशमा सभामुख चयन गर्दा पनि कतै सहमति कतै विमति जनायो । प्रधानमन्त्रीकै लागि प्रचण्ड ओलीसँग मिल्न सक्छन् भन्ने भेउसमेत नपाएका देउवा फेल खाएपनि विश्वासको मत दिएर प्रचण्डलाई बोक्न खोजिरहेका छन् । विश्वासको मत दिनुको अर्थ नै सभामुख र राष्ट्रपतिमा माओवादीको समर्थन पाईहाल्ने आश पलाएर हो । तर विश्वासको मतमा सत्तापक्ष बनेको काँग्रेस सभामुखसम्म पुग्दा प्रतिपक्ष बनिसकेको छ । सकभर माओवादीसहितको समर्थन लिएर राष्ट्रपति लिइहाल्ने नीतिमा काँग्रेस अघि बढेको छ । त्यसका लागि सभामुख, उपसभामुख गुमाए पनि सत्ता गठबन्धन टुटाउन काँग्रेसले राष्टिय सहमतिको कुरा गदै आएको छ । यदि काँग्रेसले भने जस्तो र प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चयनमा राष्टिय सहमति खोज्ने प्रयास गरेभने गठबन्धन टुट्न सक्छ , त्यो फाईदा काँग्रेसले लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com