ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुले कम्फर्टेबल राष्ट्रपति खोजे : चित्रबहादुर केसी


एबीसी न्यूज
माघ ७, २०७९ शनिबार  ४ : ५४ बजे

काठमाडौं, ७ माघ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उनले दलहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको बताए ।

‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ’ उनले भने, ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ ।’  नेपालमा दलहरु संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीले बताए ।

दलहरुले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले विरोध जनाए । उपसभामुखमा सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलहरुको समर्थनमा कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

‘दुई जना महिला माननीय उपसभामुखको उम्मेदवार हुनुहुन्छ । सम्बन्धित पार्टीको मान्छेको कुरा सुन्दा उहाँहरु सभामुखको उम्मेदवार पो जस्तो देखेँ’ उनले भने, ‘पार्टीहरुले यति साह्रो बखान गर्नेले सभामुखको उम्मेदवार किन बनाउनुभएन ’

सांसद केसीले नेपाल पितृसत्तात्मक मुलुक भएकाले महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने चलन रहेको बताए । ‘जो तारिफ भएको छ, जो बखान भएको छ, यो कृत्रिम मात्र हो’ उनले भने, ‘उपसभामुखको अधिकार के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com