काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुख बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। मगर रास्वपाकी समानुपातिक सांसद हुन्।
उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो। बुधबार भएको निर्वाचनमा सभामुखमा भने देवराज देवराज घिमिरे निर्वाचित भइसकेका छन्
प्रतिक्रिया दिनुहोस्