ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमा विष्णु पौडेलको इन्ट्रीसँगै अर्थतन्त्र लयमा फर्किंदै, तत्काल व्यवसाय मैत्री योजना आउने


एबीसी अर्थ सम्वाददाता

काठमाडौं ३० पुस । पूर्ववर्ती सरकारको चरम आर्थिक अराजकता र भ्रष्ट्राचारको दलदलबाट अर्थमन्त्रालय मुक्त भएको देखिन थालेको छ । अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको नियुक्ति सँगै अर्थतन्त्रका अधिकांश सूचक लयमा फर्कन थालेका छन् । उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको छ । राष्ट्र बैंक तथा सरकारले लिएका रक्षात्मक नीतिका कारण अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मङ्सिरमा पनि शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति (महँगी, रेमिट्यान्स (विप्रेषण आप्रवाह जस्ता सूचकले सकारात्मक दिशातर्फ नै निरन्तरता पाएको देखाएको छ ।

महँगी वृद्धिदर घट्दो
विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै उच्च विन्दुमा पुगेको उपभोक्ता मूल्य वृद्धिदर (महँगी) लक्षित सीमातर्फ उन्मुख देखिएको छ । मङ्सिरमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ३८ प्रतिशतमा ओर्लेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष मा उपभोक्ता मूल्य वृद्धिदर ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य निर्धारण गरेको छ ।
गत भदौमा ८ दशमलव ६४ प्रतिशतसम्म पुगेको महँगी असोजमा ८ दशमलव २६ र कात्तिकमा ८ दशमलव शून्य ८ प्रतिशत थियो । कोभिड–१९ को महामारी र रूस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय स्तरमै महँगी उच्च हुँदा त्यसको बाछिटाबाट नेपाल प्रभावित भएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानको भाउ घटेको छ ।

 

अर्थतन्त्रका सूचकहरूको पछिल्लो अवस्था : स्रोत– राष्ट्रबैंकअर्थतन्त्रका सूचकहरूको पछिल्लो अवस्था : स्रोत– राष्ट्रबैंक

 

विदेशी मुद्राको संचितिमा बृद्धि
विदेशी मुद्रा सञ्चिति बढ्ने क्रमले मङ्सिरमा पनि निरन्तरता पाएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ६ दशमलव ३ प्रतिशतले बढेर मङ्सिरमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलर सञ्चिति पनि २०७९ असार मसान्तको ९ अर्ब ५४ करोड रुपैयाँबाट बढेर मङ्सिर मसान्तमा ९ अर्ब ८२ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मङ्सिर मसान्तको विदेशी मुद्रा सञ्चितिले आव २०७९र८० को ५ महीनाकै अनुपातमा आयात भइरहे १० महीनाको वस्तु आयात गर्न पुग्छ । वस्तु र सेवा दुवै आयातका लागि भने ८ दशमलव ७ महीनालाई पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । कात्तिकमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चितिको आकार १ महीनामा करीब ५० अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

 

शोधनान्तर बचत बृद्धि
मङ्सिरमा देशको शोधनान्तर स्थिति थप मबजुत बनेको छ । मङ्सिर मसान्तमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । कात्तिक मसान्तमा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रने र बाहिरिने रकमको हिसाब शोधनान्तर हो । पोहोर मङ्सिरमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालू वर्षको मङ्सिर मसान्त हुँदा ३४ करोड ६८ लाखले बचतमा गएको छ । कोभिड–१९ महामारी र त्यसलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षहरूमा आयात घट्दा शोधानान्तर स्थिति बचतमा थियो । तर, गतवर्षको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढ्न थालेको हो । स्वदेशमा भित्रनेभन्दा बाहिरिने रकम बढी भएर विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि आयात निरुत्साहित गर्न राष्ट्र बैंकले विलासी वस्तुको आयात एलसीमा ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था तथा विलासी वस्तुको आयातमै रोक लगाउनुपरेको थियो । त्यही कदमको नतिजा शोधनान्तर स्थिति घाटाबाट बचतमा भएको हो । शोधनान्तर बचत बढ्नुका साथै विदेशी मुद्रा सञ्चिति पनि बढेपछि सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाइसकेको छ । विलासी वर्गका वस्तु आयातका लागि एलसी खोल्दा राख्नुपर्ने ५० र शतप्रतिशत नगद मार्जिनको प्रावधान हटाउन राष्ट्र बैंकलाई दबाब छ ।

१ खर्बभन्दा बढी रेमिट्यान्स
चालू आवको शुरूदेखि नै बढ्न थालेको विप्रेषण आप्रवाहमा मङ्सिरमा पनि सुधार आएको छ । मङ्सिरसम्ममा विप्रेषण आप्रवाह पोहोरको तुलनामा २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । यस्तै मङ्सिरमा अमेरिकी डलरमा विप्रेषण १३ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

मङ्सिरमा मात्र १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । कात्तिकमा ९६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि र डलरको भाउ उच्च हुँदा विप्रेषण आम्दानीमा सकारात्मक प्रभाव देखिएको हो । यसैगरी सरकार र राष्ट्र बैंकले औपचारिक प्रणालीबाट विप्रेषण ल्याउन प्रोत्साहन पनि गर्दै आएका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन्।

पौडेलको प्रतिवद्धता
शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यावसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन्।

पौडेलले सरकारले व्यावसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउँदै उनले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए।

पछिल्ला सूचकहरूले अर्थतन्त्रमा सुधार हुँदै गएको देखाएको छ ।

बैंकिङ प्रणालीमा निक्षेप बढ्नु्, कर्जा प्रवाह कम हुनु, डलर सञ्चिति बढ्दै जानुले सूचकहरूमा सुधार देखिएको हो ।बैंकहरूलाई ब्याजदर बढाउने सुविधा दिँदा अर्थतन्त्र नियन्त्रणमा राख्न सहज भएको बुझाइ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको छ ।

‘यसले अर्थतन्त्रलाई ब्यालेन्समा ल्याउने काम गरेकाले यसबाट राम्रो पाठ सिक्न सकिन्छ,’ उनले भने ।

बाह्य सन्तुलनमा सुधार

चालू आर्थिक वर्ष २०७९र८० को मंसिरसम्मको तथ्यांकअनुसार रेमिट्यान्स एक महिनामा नै १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ भित्रिएको छ । यस्तो रेमिट्यान्स आय गत आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेको छ । गत वर्षको मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रहेको रेमिट्यान्स बढेर ४ खर्ब ८० अर्ब पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्समा भएको वृद्धिले डलर सञ्चिति बढेको देखिएको छ । डलर सञ्चिति ९ अर्ब ६३ करोड डलरबाट बढेर ९ अर्ब ८२ करोड पुगेको छ । यसले अर्थतन्त्रलाई केही राहत मिलेको छ ।

शोधनान्तर स्थिति पनि चालू आवको कात्तिकसम्मको तुलनमा मंसिरसमा २५ अर्ब रुपैयाँले बढेको छ ।

सरकारको चालू खाता घाटा गत महिनाको तुलनमा केही बढेको भए पनि अन्य सूचक सुधारोन्मुख छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com