ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनएनआइपिए स्पोर्टस् अवार्ड यसै महिना हुँदै


admin
माघ ११, २०७४ बिहीबार  ४ : १६ बजे

काठमाडौँ, ११ माघ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले प्रदान गर्ने एनएनआइपिए स्पोर्टस् अवार्ड यसै महिना हुने भएको छ ।

यही माघ २७ गते टोखामा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा विभिन्न विधाका ३५ खेलका खेलाडीलाई वर्ष खेलाडीबाट सम्मान गरिने एनएनआइपिएद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए  ।

फुटबल, क्रिकेट, कराँते, भारोत्तोलन, पौडी, जिमन्यास्टिक, बास्केटबल, ह्याण्डबल, हक्की, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, तेक्वान्दो, उसु, बक्सिङ र एथलेटिक्स खेलका खेलाडीलाई सम्मान गरिनेछ ।

त्यसैगरी चेस, साइक्लिङ, स्क्वास, ट्राइथलन, खोखो, भलिबल, स्नुकर एण्ड बिलियार्ड, फेन्सिङ शारीरिक सुगठन, ब्याडमिन्टन, सेपाकताक्रो, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो र गल्फ खेलका खेलाडी सम्मानित हुनेछन् ।

सम्मानित हुने प्रप्येक विधाका खेलाडीलाई जनही रु १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी पहिलो अन्तर्राष्ट्रिय सहभागिता जाउने धावक गजराज जोशीका नाममा रहेको गजराज जोशी आदर्श सम्मान यस पटक पनि समावेश गरिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । रु २५ हजार पुरस्कार राशि भएको उक्त सम्मान गजराज जोशी ट्रष्टले प्रदान गर्दै आएको छ ।

गजराजले भारतमा सन् १९५१ मा भएको एशियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । यस पटकदेखि एकजना खेलकुद पत्रकारलाई पनि एनएनआइपिएल पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com