ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ इन्स्पेक्टरको काज सरुवा सीआईबीमा ठकुरी


एबीसी न्यूज
पुस २९, २०७९ शुक्रबार  १ : ३१ बजे

काठमाडौं, २९ पुस । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख इन्स्पेक्टर अनिल ठकुरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा काज सरुवा गरिएको छ ।

ठकुरी अपराध अनुसन्धानमा उत्कृष्ट प्रहरी निरीक्षक मानिन्छन् । बूढानीलकण्ठ जानुअघि प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो र काठमाडौं प्रहरीको विशेष टोलीमा रहेर काम गरेको अनुभव ठकुरीसँग छ ।

बूढानीलकण्ठ प्रहरी प्रमुखको रूपमा ठकुरीले १४ महिना विवादरहीत काम गरेका छन् । त्यस्तै सीआईबीमा कार्यरत प्रहरी निरीक्षक दिपेन्द्र चन्दको काज बूढानीलकण्ठमा भएको छ ।
लामो समय उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीमा बसेका चन्द संगठित अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । उपत्यका अपराध अनुसन्धानमा कार्यरत निरीक्षक गजेन्द्र रावलको काज इलाका प्रहरी कार्यालय लुम्बिनीमा भएको छ ।

रावल लामो समयदेखि उपत्यका अपराध अनुसन्धानको जघन्य अपराध पिलरमा बसेर काम गरेका निरीक्षक हुन् । उनी प्राविधिक विश्लेषणमा उत्कृष्ट मानिन्छन् । त्यस्तै साकारराज पन्तको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, केशव केसीको जिल्ला प्रहरी कार्यालय पर्वत, बाबुराज कार्कीको जिल्ला प्रहरी कार्यालय धादिङ काज सरुवा भएको छ । बिहीबार बिहान मात्रै गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र २४ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को समेत काज सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com