ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश


एबीसी न्यूज
पुस २८, २०७९ बिहीबार  ७ : ३५ बजे

काठमाडौं, २८ पुस ।  क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालतले दिएसँगै उनी रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो । अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर निस्किने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । भोलि हामी धरौटी राखेर निकाल्छौँ ।’ प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com