ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दौरासुरुवाल प्रकरणः ‘राष्ट्रपतिले भन्नुभयो तपाईलाई दौरासुरुवालमा देख्ने मन छ’ – प्रचण्ड


ABC NEWS

 

काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दौरा सुरुवाल प्रकरण बारे संसदमा स्पष्टीकरण दिएका छन् ।
विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफल सकिएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो दौरा सुरुवालका विषयमा व्याख्या सहित स्पष्टीकरण दिएका थिए ।

 

“प्रधानमन्त्री नियुक्त हुँदै गर्दा त्यहाँ चर्चा चल्यो । राष्ट्रपतिले नि भन्नुभयो –तपाइँलाई दौरा सुरुवालमा हेर्न मन छ मलाई । अरु सत्ता साझेदार दलका नेताहरु केपी ओलीजी, रवि लामिछानेजी, हाम्रै पार्टीबाट नारायणकाजी श्रेष्ठ (उहाँले त पहिल्यैदेखि लगाउनुहुन्थ्यो_ । सबैले तपाइँले भोलि शपथ ग्रहणमा त दौरा सुरुवाल लगाउनुपर्‍यो भन्नुभयो,” प्रचण्डले भने, ”मैले उपयुक्त समयमा लगाउने हो उपयुक्त समय विचार गर्छु भनेपछि त्यो राष्ट्रिय समाचार जस्तै बन्यो । प्रचण्डले भोलि दौरा सुरुवाल लगाउने भयो भन्ने प्रचार भयो । मैले कति नेगेटिभ कमेन्ट आउँछ भनेर हेरेँ । नेगेटिभ मैले एउटा पनि देखिनँ । पोजेटिभ मात्र देखेपछि मैले यो निर्णय त लिनैपर्ने भयो । जनअभिमतअनुसार पनि लगाउनुपर्ने भयो भनेर मैले लगाएको मात्रै हो ।”

“मेरो दौरा सुरुवाल र प्रचण्डबारे पनि यहाँ प्रश्न र चर्चा भयो । चर्चा भइराखेको छ बाहिर पनि,” सन्दर्भ कोट्याउँदै प्रचण्डले भने, “मलाई कयौँ विदेशी कूटनीतिज्ञले पनि तपाइँले दौरा सुरुवाल कोट किन नलगाएको भनेर सोध्ने गर्थे । देशभित्रकै पार्टीका साथीहरुले पनि भन्ने गर्नुहुन्थ्यो । म के कुरा प्रष्ट गर्न चाहन्छु भने म दौरा सुरुवाल कोट विरोधी चाहिँ कहिल्यै थिइनँ ।”
उनले आफूले रोजेको राजनीति र प्रक्रियामा दौरा सुरुवाल कोट लगाउने अवसर नजुरेको बताए ।

“मैले रोजेको राजनीति र प्रक्रियामा मलाई दौरा सुरुवाल कोट लगाउने अवसर जुरेको थिएन,” प्रचण्डले भने, “मैले सामान्य अरु ड्रेस नै लगाउने हुनाले सहज जे हुन्छ त्यही सहज हुँदै गयो, बानी त्यही पर्‍यो,” प्रचण्डले भने, “यहाँ सदनभित्र आइसकेपछि हाम्रा माननीयहरुलाई मन्त्री भएपछि पनि मैले जे सहज हुन्छ त्यही लगाउन स्वतन्त्र हुनुहुन्छ भनेको थिएँ । साथीहरुले लगाउनुभयो । मैले पनि उपयुक्त समयमा लगाउँछु होला भन्ने त मलाइ लागिरहेकै थियो ।”
प्रचण्डले प्रतिस्पर्धाको राजनीतिमा धेरै क्रान्तिकारी हुनेले नजित्ने गरेका समेत बताए ।
जनभावनालाई सम्बोधन गर्न खोज्नेलाई नै जनअनुमोदन भइने रहेछ प्रचण्डको भनाई थियो ।
“फेरि प्रतिस्पर्धाको राजनीतिमा आएपछि आम जनताको मनोभावना सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा राम्रो परिणाम दिएको पनि देखिन मैले,” प्रचण्डले भने, “लगाउने जतिले जितेका छन् नलगाएकाले हारेका छन् ।”
उनले त्यसपछि आफ्नो उपयुक्त समयको चर्चा गरे ।

प्रधानमन्त्री प्रचण्डले भने मधेस जाँदा सबै दलका नेताहरुले कुर्था सुरुवाल लाउने र धोती पनि लगाउने भन्दै आफूले पनि लगाएको बताए ।
“मैले हिजो यहाँ कुरा राख्दै गर्दा पनि विभिन्न भाषामा भेष भुषासहित शपथ ग्रहण गरेको कुरालाई गर्वका साथ राखेको थिएँ,” प्रचण्डले थपे, “बुझ्दै जाँदा दौरासुरुवाल चाहिँ आम नेपालीहरु –के खस आर्य, के आदिवासी जनजाति सबैको साझा पोसाकको रुपमा विकास भएको भन्ने नै यसको इतिहास हो ।”
उनले यही कुरा मनन् गरेर आफूले दौरा सुरुवाल लगाएको भन्दै धेरै चर्चा नगरिदिए आफूलाई सहज हुने बताए ।


“बढी चर्चा गरिदिनुभयो भने मलाई असहज हुन्छ कि भनेर डर लागेको छ,” उनले भने, “त्यसकारण धेरै चर्चा नभइदिए हुन्थ्यो भन्ने छ मलाई ।”
प्रचण्डले पुस ११ गते प्रधानमन्त्री पदको सपथ खांदा पहिलो पटक र आज विश्वासको मत लिने क्रममा दोस्रो पटक दौरा सुरुवाल लगएका थिए । संसदको पहिलो बैठकमा भने प्रचण्ड टाइसुटमा संसद गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...