ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसअघिभन्दा फरक ढङ्गले काम गर्न चाहन्छु, सबैले मत दिएर विश्वलाई सन्देश दिनुहोस् : प्रधानमन्त्री प्रचण्ड ( LIVE)


एबीसी न्यूज

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभासमक्ष विश्वासको मत माग्नुभएको छ । विश्वासको मतको लागि मत विभाजन हुनुअघि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सबैजना मिलेर जाँदा देश अघि बढेका विगतलाई सम्झेर आज मत दिन आग्रह गर्नुभयो ।

‘हामी मिल्दा देश अघि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ । २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म विपक्षमा थिएँ, त्यतिबेला मैले संसदमा सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन, यो सङ्कटलाई पार लगाऔँ भनेको थिएँ ’ प्रचण्डले भन्नुभयो ।

उहाँले अहिले पनि देश सङ्कटमै रहेको बताउनुभयो । अहिले देखिएका साना समस्या समाधान नगर्दा यसले ठूलो रुप लिन सक्ने भएकाले सबै मिलेर जानुपर्ने बताउनुभयो । ‘५० लाख मानिस गरिबीको रेखामुनि छन्, लाखौँ युवा परिवार छाडेर विदेशमा पसिना बगाउन बाध्य छन्, विकास निर्माण भद्रगोल छन्, विद्यालयले शैक्षिक क्यालेन्डरसमेत बनाउन सक्दैनन्, शान्ति प्रक्रियाका काम अधुरै छन्। यी सबै समस्याको समाधान हामी मिल्दा मात्रै सम्भव छ ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँले आफूलाई सबैले मत दिएर नेपालमा मात्रै नभएर विश्वमै गतिलो सन्देश दिन आग्रह गर्नुभयो । यसअघि आफू २ पटक प्रधानमन्त्री भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक अनुभव नभएको, पार्टीभित्रको अन्तरकलह लगायतका कारण काम गर्न नपाएको तर मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोरिडोर, विद्युतीकरण लगायतका काम भएको बताउनुभयो । दोस्रो कार्यकाल पनि अप्ठ्यारोमै रहेको तर संविधान कार्यान्वनयको सुरुवात, नेपालको इतिहासमै पहिलोपटक आर्थिक वृद्धिदर ७ प्रतिशत नाघेको, लोडसेडिङ अन्त्य लगायतका काम भएको उहाँको भनाइ छ ।

‘यसपटक फरक सङ्कल्पका साथ प्रधानमन्त्री भएको छु । यसअघिका कार्यकालमा सोचेजस्तो काम गर्न नसकेको स्वीकार गर्दछु । अहिले विश्वासको मत पाएमा मैले देशको लागि केही गर्ने सङ्कल्प बोकेर आएको छु । राजनीतिक दलप्रति नागरिकको अविश्वास छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर अघि बढ्नुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो ।

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भए पनि अहिले त्यही जुन आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए ।

सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री नभएको भन्दै उनले भने, ‘हरेक पटक संसदमा म उपपब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने छु । मलाई विश्वासको मत दिएमा हरेक माननीयले गर्व गर्ने वातावरण बनाउनेछु ।’

 

https://www.facebook.com/abctelevision/videos/1849756388691677

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com