ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति उत्तेजना र भावना भन्दा माथि हुन्छ :प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

काठमाडौं २५ पुस । जनताको चासो र चिन्ता सबै राजनीतिक दलको साझा प्रतिवद्धता हुनु पर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नवनिर्वाचित संदको पहिलो वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने संसदमा प्रवेश गरेका नयाँ दलहरुलाई स्वागत छ्, उनले भने प्रधानमन्त्री
राजनीतिलाई भावना र उत्तेजनाभन्दा माथि आर्थिक क्रान्तिको सझा संकल्पका रुपमा कार्यान्वयन गर्नु पर्दछ ।
नवनिर्वाचित संसदमा १२ वटा विभिन्न दलहरुको प्रतिनिधित्व रहेको छ । ती मध्ये ७ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् ।

अहिले हामी लोकतन्त्रको मन्दिरमा छौँ। हामीलाई जनताले सशर्त समर्थन दिएका छन्’, उनले भने, ‘जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ? त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो।’

उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए। ‘अब परम्परागत राजनीतिले मात्रै हामी जनतामा जान सक्दैनौँ’, उनले भने, ‘हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। जनतासँग सुशासनका प्रतिवद्धता हाम्रा साझा हुन्।’

उनले यो पटक नयाँ दलहरु संसदमा आएका पनि उनले बताए। ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो’, उनले भने, ‘तपाईंहरुको आवेग जाजय छ।’

उनले अब केही हुँदैन भन्ने भावना त्याग्नुपर्ने बताए। ‘केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ’, उनले भने, ‘विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ।’

संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि

प्रतिनिधिसभाको सोमबारबाट सुरु भएको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ ।’ संसद्‌मा लोकतान्त्रिक अभ्यासको वातावरण हुनुपर्ने उनको भनाइ थियो । संसद्‌मा उत्तेजनाभन्दा पनि समझदारीमा अगाडि बढ्नुपर्ने उनको आग्रह थियो ।

‘राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ । समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ । हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिइनेछ । सहमतिमात्रै होइन हाम्रा मतभेद पनि मर्यादापूर्ण हुनेछन् ।’

दाहालले भने, “समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ।”
प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनतम पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनमा रहेका एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न १३८ सांसद आवश्यक पर्छ।
त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक-एक सांसद छन्। प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत

सम्बन्धित

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

गोर्खा भर्तीसम्बन्धी रिट खारेज

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...