ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झण्डै तीन वर्षपछि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो


ABC NEWS
पुस २४, २०७९ आईतबार  १० : १३ बजे

 

काठमाडौँ २४ पुस । कोरोना महमारीका समयमा लकडाउनका कारण २०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई ट्रान्जिट आजदेखि खुला भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ ।

‘काठमाडौंबाट छेन्दु हुँदै चीनका अन्य सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भने,‘अब त्यहाँ क्यारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको काठमाडौंमा रहेको एयर चाइनाको प्रधान कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।’

पर्यटन व्यवसायीहरुले चीनले ट्रान्जिट खोल्दा नेपाली यात्रुलाई सहज र सस्तो हुने बताएका छन् । ‘अहिले पूर्वी र मध्यपूर्वी मुलुकहरुका सीमित वायुसेवाबाट यात्रुले एकतर्फी महँगो टिकटमा उड्नु परिरहेको थियो, चीनबाट पनि विदेश जान पाइने भएपछि नेपालीलाई सस्तो र सुलभ पर्छ । च्वाइस पनि बढ्छ,’ अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीमा अग्रणी मानिएको आशो वर्ल्ड ट्राभलका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com