ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ल्होसारको शुभकामना आदान–प्रदानसँगै मनायो जिटिनले आफ्नो ११औं स्थापना दिवस


एबीसी / संवाददाता

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले आफ्नो ११औं स्थापना दिवस भव्य मनाएको छ । जिटिनले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

ठमेलस्थित पलेटी रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाविच संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पूर्वअध्यक्ष कमला गुरुङ, संस्थापक महासचिव टिकाराम गुरुङ, वर्तमान अध्यक्ष पिताम्बर गुरुङ र जिटिनका सद्भावना दूत माया गुरुङले संयुक्त रुपमा केट काट्नुभएको थियो ।

गुरुङ कुलमा जन्मिएर पर्यटन व्यवसायमा लाग्नुभएका व्यक्तित्वहरुले ११ वर्षअघि स्थापना गर्नुभएको पर्यटन व्यवसायी तथा आरोहीहरुको साझाँ संस्था जिटिनले नेपाली पर्यटन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । स्थापनाको छोटो समयमा नै जिटिन नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण हिस्सेदार संस्था बनेको छ ।

स्थापना दिवसको अवसरमा पूर्वपदाधिकारीहरुले संस्थालाई अझ सशक्त रुपमा अघि बढाउन आवश्यक रहेको सुझाव दिनुभएको छ । ‘‘वर्तमान कार्यसमितिका साथीहरुले संस्थालाई अघि बढाउन धेरै मेहनत गरिरहनुभएको छ । यद्यपि, यहाँहरुको पहल अझ केही बढाउँन सक्यौं भने नेपाली पर्यटन क्षेत्रमा जिटिनको भूमिका पनि अझ बलियो हुन सक्छ’’, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले भन्नुभयो, ‘‘आफ्ना सदस्यहरुको बृत्ति विकास, एकता साथै अन्य रचनात्मक काममा पनि जोड दिन आवश्यक छ ।’’

‘‘संस्थाले आफ्ना सदस्यहरुलाई एक बनाउन मेहनत गरिरहेको छ । जिटिन परिवारभित्र कसैलाई दुःख पर्दा सहयोग गर्ने परम्परालाई निरन्तर्ता दिदै आइरहेकोछ’’, पूर्वअध्यक्ष कमला गुरुङले भन्नुभयो, ‘‘यो सद्भाव सधै कायम रहनुपर्छ । संस्थाको प्रगतीको कामना गर्दछु ।’

‘‘संस्थागत हिसावमा हाम्रो इतिहास लामो छैन । यद्यपि, छोटै समयमा जिटिन नेपाली पर्यटन क्षेत्रमा सबैले चिन्ने संस्था बनेको छ’’, संस्थापक महासचिव टिकाराम गुरुङले भन्नुभयो, ‘‘हामी यही रफ्तारमा अघि बढ्नुपर्छ । सबैको राम्रो होस् भन्ने उदेश्यले अघि बढ्नुपर्छ । स्थापना दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।’’

वर्तमान अध्यक्ष पिताम्बर गुरुङले सबैको सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘‘सर्वप्रथम हाम्रो निम्तोलाई स्विकार गरी आइदिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । यो संस्था यहाँहरुकै पहल र नेतृत्वमा यहाँसम्म आइपुगेको छ।’’, उहाँले भन्नुभयो, ‘‘अव पनि यहाँहरुको साथ र सहयोगको उत्तिकै अपेक्षा गरेको छु । यहाँहरुकै सल्लाह र सुझावलाई आत्मसाथ गरी अघि बढ्ने छु ।’’

जिटिनले आफ्नो स्थापना दिवससँगै तमू ल्होसार २०७९ शुभकामना आदान–प्रदानको कार्यक्रमसमेत मनाएको थियो । सो अवसरमा जिटिन परिवारले संस्थापक अध्यक्ष कुलबहादुर गुरुङको जन्मदिनसमेत मनाएको थियो ।

कार्यक्रममा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु, पत्रकार तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com