ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरन्तर विवादित जबराको कार्यकाल कस्तो रह्यो ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २९ मंसिर ।

निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा अनिवार्य अवकाश पश्चात् न्यायपालिकाको नेतृत्वबाट बाहिरिए । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले जबराविरुद्ध २१ आरोपसहित गत फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता गरेको थियो । ६५ वर्षे उमेरहदका कारण उनी सो पदबाट अवकाशमा गएका हुन् ।

सर्वोच्च अदालतका निलम्बित न्यायधीश चोलेन्द्र शमशेर जबरा मंसिर २७ गते मंगलबारबाट अनिवार्य अवकाशमा गए । जबरामाथि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदले २१ वटा आरोप लगाएर गत फागुन १ गते प्रतिनिधि सभा संसदमा महाअभियोग दर्ता गरेको थियो । महाभियोग प्रस्ताव दर्तापछि दश महिनासम्म निष्क्रिय रहेका जबराले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएका हुन् । यसबीच जबरा दुई पटक न्यायलय फर्कने प्रयास गरे । अन्तिम घडीमा संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बन निष्प्रभावी भएको पत्र लेखेपछि सो पत्र लिएर उनले सर्वोच्च छिर्ने प्रयास गरे । जबरामाथि न्यायपालिकाको साखलाई गिराउने काम गरेको, कार्यक्षमताको अभाव, भ्रष्टाचार लगायतका आरोप लागेको छ ।

सर्वोच्चको न्यायधीश र प्रधानन्यायधीशको जिम्मेवारीमा मात्रै नभइ न्यायपालिकाको पहिलो कदममा नै उनी विवादमा तानिएका थिए । काठमाडौं महानगरमा करारमा भर्ना भएका जबराले सर्वोच्चका तत्कालीन न्यायाधीश सुरेन्द्रप्रसाद सिंहले उमेर ढाँटेको विषय उठाएर उनलाई प्रधानन्यायधीश बनाउन नहुने सर्वोच्चमा निवेदन दिएका थिए । नौ वर्षसम्म अस्थायी रहेका जबरालाई २०६१ माघ १९ मा ज्ञानेन्द्र शाहले कु गरेर सत्ता हातमा लिएको दुई महिनामा स्थायी गरिएको थियो । त्यसको दश महिनापछि २०६२ को माघमा विशेष अदालतमा सरुवा गरियो । तत्कालीन प्रधानन्यायधीश दामोदर प्रसाद शर्मा, कानुनमन्त्री नरहरि आचार्य लगायतको समूहले जबरासहित गोपाल पराजुली र दीपकराज जोशीलाई सर्वोच्च ल्याए । पराजुली र जोशी गिरिजाप्रसाद कोइरालाको पहिलो सरकार रहेका बेला २०४८ कात्तिक १८ मा पुनरावेदन अदालत प्रवेश गरेका थिए । सुरुदेखि नै विवादित जबरा विवादितै रहेर अवकाशबाट बिदा भए ।

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि न्यायलयभित्रको यसखाले विवादास्पद कुरा झनै छताछुल्ल भयो । सर्वोच्चले परमादेश सरकार गठनको आदेश दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बन्यो । प्रधानमन्त्री देउवा र निलम्बित जबराबीच कतिपय समयमा चर्काचर्की चल्यो । यसलाई सांसदका सदस्यको असक्षमताका र राजनीतिक आग्रह, पूर्वाग्रहका विषयसँग जोडे विभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।

त्यस बखत जबरा कानुनी एवम् राजनीतिक सल्लाहकारका रुपमा ओली निकट मानिएका थिए । पछि गठबन्धन सरकारको भागबण्डामा न्यायलय मुछिएको र जबराको निलम्वनको माग गर्दै विभिन्न विरोध प्रदर्शन समेत भयो । जबरामाथिको महाअभियोग संसदमा गएको छ तर, अघिल्लो संसदमा भएका प्रस्ताव पछिल्लो संसदमा जाने, नजाने भन्ने विषयमा कुरा उठेको छ । न्याय सम्पादनको सर्वोच्च जिम्मेवारीमा रहेको जबरा निरन्तर विवादित बनिरहदा सिंगो न्याय जगत अछुतो रहन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com