ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश आउनु गलत – कानुनविद्


एबीसी / संवाददाता

काठमाडौं, २७ मंसिर ।

सरकारले नयाँ सरकार गठनमा सहज हुने ढङ्गबाट अध्यादेश सिफारिस गरेको छ । निर्वाचन परिणामको अन्तिम घोषणा हुने र नयाँ सरका कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा दलहरुबीच कसरत भइरहेका बेला यसरी ल्याइएको अध्यादेश कानुन विपरीत भएको कानुनविद्ले जनाएका छन् । यही सन्दर्भमा  वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, रामनारायण बिडारी र रमण श्रेष्ठसँग एबीसीकर्मी धुव्र अधिकारीले लिएको संक्षिप्त प्रतिक्रियामा आधारित ः

बहुमत पु¥याउन अध्यादेश ः

सरकारले ल्याएको अध्यादेशबारे प्रतिक्रिया दिदै वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले अध्यादेश आउनु नौलो कुरा नभएको तर यो समय अनुकूल नभएको बताए ।

देवकोटाले भने, “अनौठो चाहि होइन तर, टाइमिङ अलि फरक छ । विल्कूल मेजोरिटी पु¥याउनका लागि ल्याएको देखिन्छ ।” सरकार निर्माणका लागि बहुमत पु¥याउने उद्देश्यले मात्रै अध्यादेश आएको उनको भनाइ छ ।

अहिले सतहमा देखिएका कुरा मात्रैभन्दा पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने र यस्ता थुप्रै मानिसहरुलाई छुटाउन ल्याइएको देखिएको उनले बताए । “त्यस्ता थुप्रै मानिसहरुलाई छुटाउन, राष्ट्रपतिबाट माफी दिलाउनका लागि, अनुमान गर्दा त्यस्तो देखिन्छ ।”

अध्यादेश आउनु गलत ः

यस्तै वष्ठि अधिवक्ता रामनारायण बिडारीले अध्यादेश सामान्यतया जारी गर्न नै नहुने बताए ।
बिडारीले भने, “अध्यादेश सामान्यतया, जारी गर्नुहुँदैन । विशेष परिस्थितीमा नगरी नहुने काम प¥यो, नोक्सान पर्ने भने भन्ने । अन्यथा, ओलीले गरेको चाहे, शेरबहादुरले गरेको सामान्यतया संसद छलेर गर्न हुँदैन ।”

यस्तै, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि अध्यादेश आउनु गलत भएको बताए । “अध्यादेश गलत हो । हस्तक्षेपभन्दा पनि गर्नै नहुने कुरा हो”, उनले जोडे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

केरवानीले मनायो ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com