ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसदमा १२ दल, सत्ता गठबन्धन बहुमत नजिक, ७ प्रदेशमै सत्ता गठबन्धन बहुमतमा (विस्तृत सिट संख्या सहित)


एबीसी / संवाददाता

काठमार्डौं २२ मंसिर । मंगलबार समानुपातिकको मतपरिणामका आधारमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ दलहरुले पाउने सिट संख्या निर्धारण गरेसँगै दोस्रो आम चुनावको नतिजा सार्वजनिक भएको छ ।

 

प्रतिनिधिसभामा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ । दोस्रो पार्टी भएको एमालेले कांग्रेसले भन्दा ११ सिट कम जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ६३ सिट जितेको कांग्रेसले यो पटक सत्ता गठबन्धनको बलमा सिट संख्या बढाएको हो । आयोगका अनुसार कांग्रेसले यसपटक समानुपातिक र प्रत्यक्ष गरी ८९ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ सिट जित्दा समानुपातिकमा ३२ सिटमात्रै जितेको हो । जवकी अघिल्लो निर्वाचनमा कांग्रेसको भागमा ४० जना समानुपातिक सांसद परेको थियो ।

नेकपा एमालेले प्रत्यक्षमा ४४ सिट जित्यो भने समानुपातिकमा ३४ सिट जित्यो । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको बलमा एमालेले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट जितेको थियो । त्यतिबेला १२१ सिट जितेको पार्टी यो निर्वाचनबाट ७८ सिटमा खुम्चिएको छ ।

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको माओवादी यसपटक जम्मा ३२ सिटमा खुम्चिएको छ । माओवादीले ५ वर्षको अवधिमा समग्रमा २१ सिट गुमाएको हो । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गरेको माओवादी केन्द्रले यो पटक कांग्रेससहितको सत्ता गठबन्धनसँग तालमेल गर्दा खुम्चनु परेको हो ।
प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टीको २० सांसद रहेका छन् भने राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सांसद रहेका छन् ।
निर्वाचन आयोगले जारी गरेको परिणाम यस्तो छ ।

 

प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित)
नेपाली कांग्रेस–५७+३२=८९
नेकपा एमाले–४४+३४=७८
नेकपा माओवादी केन्द्र–१८+१४=३२
राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेकाहरु
नेकपा एकीकृत समाजवादी =१०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
नागरिक उन्मुक्ति पार्टी= ३
राष्ट्रिय जनमोर्चा=१
नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र=५
जम्मा–२७५

प्रदेशसभातर्फ कुन दलको हैसियत कस्तो ?
प्रदेश नम्बर १ मा नेकपा एमाले ठूलो पार्टी बनेको छ । एमालेले प्रदेश १ मा समानुपातिकतर्फ १५ सिट जितेको छ । यस्तै कांग्रेसको १२, राप्रपा र माओवादी केन्द्रको ४–४ तथा जसपा र नेकपा एकीकृत समाजवादी पार्टीको समानुपातिकतर्फ १–१ सिट रहेको छ ।

यस्तै प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७,  माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेको छ ।
समग्रमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ प्रदेश १ मा एमालेले ४० सिट जितेर सरकार बनाउन बहुमत नजिक पुगेको छ ।  यस्तै नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, एकीकृत समाजवादी पार्टीले ४ तथा जसपाले १ सिट जितेको आयोगले जनाएको छ ।
प्रदेश १ मा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित )
नेकपा एमाले–२५+१५=४०
नेपाली काँग्रेस–१७+१२=२९
राष्ट्रिय प्रजातन्त्र पार्टी–२+४=६
माओवादी केन्द्र–९+४=१३
जनता समाजवादी पार्टी, नेपाल–१
नेकपा एकीकृत समाजवादी–३+१=४
जम्मा–९३
यसैगरी मधेस प्रदेशमा पनि एमाले नै ठूलो पार्टी बनेको छ । मधेस प्रदेशमा एमालेले प्रत्यक्षमा १५ सिट जितेको छ भने समानुपातिकमा पनि ८ सिट जितेको छ ।
यस्तै प्रत्यक्षमा कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमत पार्टीले ६, तथा नेकपा माओवादी केन्द्रले ४ सिट जितेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले पनि ४ सिट जित्दा स्वतन्त्रबाट ६ जना विजयी भएका छन् ।
यस्तै समानुपातिकतर्फ कांग्रेसले ९, जनमत र जसपाले ७–७, माओवादी केन्द्रले ४, एकीकृत समाजवादी पार्टीले ३, लोसपाले २ तथा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि एक–१ सिट आएको छ ।
समानुपातिक र प्रत्यक्ष दुबै गरी प्रदेशसभामा कांग्रेसका २२ सांसद रहँदा एमालेका २३ सांसद रहनेछन् । यस्तै जनमत पार्टीको १३, जसपाको १६, माओवादीको ८, एकीकृत समाजवादीको ७, लोसपाको ९ सांसद हुँदा राप्रपा नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको १–१ जना सांसदको प्रतिनिधित्व हुनेछ । यस्तै स्वतन्त्र सांसद ६ जना पनि रहनेछन् ।

मधेस प्रदेशमा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित )
नेपाली काँग्रेस–१३+९=२२
नेकपा एमाले–१५+८=२३
जनमत पार्टी–६+    ७ =१३
जनता समाजवादी पार्टी, नेपाल– ९+७=१६
माओवादी केन्द्र–४+४=८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)–४+३=७
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल–७+२ =९
राष्ट्रिय प्रजातन्त्र पार्टी– १
नेपाल संघीय समाजवादी पार्टी–१
नागरिक उन्मुक्ति पार्टी    –१
स्वतन्त्र–६
जम्मा–१०७

यसैगरी बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । बागमतीमा प्रत्यक्षमै २५ सिट जितेको कांग्रेसले निर्वाचन आयोगको समानुपातिक सिट बाँडफाँडअनुसार थप १२ सिट पनि जितेको छ।  यो आधारमा कांग्रेसको प्रदेशसभामा २७ सिट हुने भएको छ ।

बागमती प्रदेशमा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित )
नेपाली कांग्रेस–२५+१२=३७
नेकपा एमाले–१३+१४=२७
माओवादी केन्द्र–१४+७=२१
राप्रपा–७+६=१३
नेकपा एकीकृत समाजवादी–५+२=७
नेमकिपा–१+२=३
हाम्रो नेपाली पार्टी–१+१=२
जम्मा– ११०

गण्डकी प्रदेशमा पहिलो दलका रुपमा नेपाली कांग्रेस आएको छ । सो पार्टीले प्रत्यक्ष र समानुपातिकमा गरी २७ सिट जित्दा एमालेले २२, माओवादी केन्द्रले ८ सिट जितेको छ।  यस्तै प्रत्यक्षमा एक सिट नजिते पनि राप्रपाले समानपातिकबाट २ सिट जितेको छ भने मनाङबाट दीपक मनाङे स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका छन् ।

गण्डकी प्रदेशमा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित )
नेपाली कांग्रेस–१८+९=२७
नेकपा एमाले–१२+१०=२२
माओवादी केन्द्र–५+३ =८
राप्रपा–२
स्वतन्त्र–१
जम्मा ६०

लुम्बिनीमा एमाले ठूलो पार्टी
लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । एमाले २९ सिटसहित पहिलो पार्टी बन्दा २७ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ । यस्तै माओवादीले ९ सिट जित्दा जसपाको ३ सिट रहेको छ।
यस्तै नागरिक उन्मुक्तिको ४, राप्रपाको ४, जनमत पार्टीको ३, राष्ट्रिय जनमोर्चाको १, नेकपा एकीकृत समाजवादी पार्टीको १ सिटसहित लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व रहेको छ । यस्तै ३ जना स्वतन्त्रबाट निर्वाचितको पनि प्रदेशसभामा प्रतिनिधित्व रहेको छ ।

लुम्बिनीमा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित )
नेकपा एमाले–१८+११=२९
नेपाली कांग्रेस–१७+१० =२७
माओवादी केन्द्र–५+४ =९
जसपा–२+१ =३
नागरिक उन्मुक्ति पार्टी–२+२ =४
लोसपा–२+१ =३
राप्रपा–२+२ =४
जनमत पार्टी–१+२ =३
राष्ट्रिय जनमोर्चा–१
नेकपा एकीकृत समाजवादी पार्टी–१
स्वतन्त्र–३
जम्मा –८७
कर्णाली प्रदेशमा नेपाली कांग्रेस पार्टीले १४ सिट जित्दै पहिलो पार्टी बनेको छ।  माओवादी केन्द्रको राम्रो जनाधार रहेको मानिने कर्णालीमा सो पार्टी १३ सिटका साथ दोस्रो भएको छ। यस्तै एमालेले १० सिट जितेर तेस्रो बन्दा राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट एक–१ जना निर्वाचित भएका छन् । कर्णालीमा हालको सत्ता गठबन्धनको सहजै सरकार बन्ने देखिन्छ ।

कर्णालीमा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित )
कांग्रेस–९+५ =१४
माओवादी केन्द्र–९+४ =१३
एमाले–५ +५ =१०
राप्रपा–१
नेकपा एकीकृत समाजवादी–१
स्वतन्त्र १
जम्मा–४०

सुदूरपश्चिममा प्रत्यक्षमा कमजोर नतिजा ल्याएको नेकपा एमालेले समानुपातिकबाट आफ्नो स्थान सुधार गरेको छ। एमालेले सुदूरपश्चिममा प्रत्यक्षतर्फ जम्मा ३ सिट जितेको छ भने समानुपातिकबाट ७ सिट थप्दा प्रदेशसभामा सांसदको संख्या १ पुगेको छ ।

सो प्रदेशमा एमाले तेस्रो पार्टी बन्दा कांग्रेस १९ सिटका साथ पहिलो र माओवादी केन्द्र ११ सिटका साथ दोस्रो पार्टी बनेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले ७ सिट जित्दा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट निर्वाचितको १–१ जनाको प्रतिनिधित्व हुने भएको छ । प्रतिनिधिसभामा पहिलो प्रयासमै २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको निर्वाचनमा भने भाग लिएको थिएन ।

सुदूरपश्चिम प्रदेशमा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित)
नेपाली कांग्रेस–१२+७=१९
नेकपा माओवादी केन्द्र–८+३ =११
नागरिक उन्मुक्ति पार्टी–५+२ =७
नेकपा एमाले–३ +७ =१०
नेकपा एकीकृत समाजवादी पार्टी–३+१ =४
राप्रपा–१
स्वतन्त्र–१
जम्मा–५३

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com