ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतपरिणामले दलहरु पुनजागृत हुनुपर्ने स्पष्ट सन्देश दियो – प्रा. डा. पिताम्बर शर्मा


एबीसी / संवाददाता
मंसिर २१, २०७९ बुधबार  ११ : ४४ बजे

काठमाडौं, २१ मंसिर ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ । सत्तापक्ष र सत्ताइतर गठबन्धनदेखि स्वतन्त्र एवम् नयाँ पुस्ताले पाएको जनमतको विभिन्न कोणबाट विश्लेषण भएको छ । त्यसो त, यस विषयमा राजनीतिक दलहरुभित्र पनि समिक्षा हुने क्रम जारी छ ।

जनताको स्पष्ट सन्देश ः

राजनीतिकशास्त्री प्रा. डा. पीताम्बर शर्माले यो निर्वाचन मतपरिणामले राजनीतिक दलहरु सुधारिनुपर्छ भन्ने सन्देश दिएको बताए । स्थापित राजनीतिक दलहरु नै पहिलो, दास्रो, तेस्रो भएको भन्दै उनले उनीहरुले जनताले अपेक्षा गरे अनुरुपको काम भने गर्न नसकेको धारणा राखे ।

डा. शर्माले निर्वाचनमा जनताले दलहरु पुनजागृत हुनुपर्ने स्पष्ट सन्देश दिएको बताउँछन् ।

उनले भने, “पुस्तान्तरण भन्नाले युवामा जाने मात्रै होइन, वैचारिक सबलता, सैद्धान्तिक पृष्ठभूमी, मान्यता र सजगताका आधारमा पुनजागृत हुनुप¥यो । त्यो गरे भने दलहरु बाँच्छन् नभए, नयाँ दलहरु आउँछन् ।

तिमीहरुको अनुहारसँग थाकिसक्यौं, अब तिमीले आफूलाई पुस्तान्तरण, सैद्धान्तिक वा पुस्ताको हिसाबले गरेनौं भने तिमीहरुको भविष्य छैन भन्ने एकदमै स्पष्ट सन्देश जनताले दिएका छन् । दलकै आधारमा हामी चल्ने हो दलहरु उभो नलागे देश पनि उभो लाग्दैन”, उनले भने ।

दलहरुलाई खबरदारी ः

एबीसीकर्मीसँग कुरा गर्दै उनले भने, “निर्वाचनको महत्वपूर्ण सन्देश के हो भने, पहिलो, दोस्रो, तेस्रो स्थापित दलहरु नै छन् । उनीहरुलाई जनताले खबरदारी गरे कि, यो कुरा बुझे भने आगामी दिनमा बढि अनुशासित, उत्तरदायी होलान् । यदि, बुझेनन् भने उनीहरु फालिन्छन् ।”

वि.सं. २०७४ र २०७९ को निर्वाचनको तुलना गर्दै उनले समावेशीताप्रति कुनै पनि दल गम्भिर नभएको बताए । संविधानमा उल्लेख भए बमोजिमको समावेशीता कार्यान्वयन नहुदा देशैभरको महिला नेतृत्वबिहिन हुने उनको भनाइ छ ।

उनले भने, “त्यस कुरामा राजनीतिक दल सचेत भएनन् भने, समावेशीता नारामा सिमित हुन्छ । नेतृत्व क्षमता भएको भन्दा आफ्ना मान्छेलाई लाने कुरा आलाङ्कारिक समावेशीता मात्रै हुन्छ ।”

 

गठबन्धनप्रति बुझाइ ः
“अहिलेको गठबन्धन, सत्ता गठबन्धन र सत्ताइतरको गठबन्धन सिद्धान्तमा आधारित थिएन । सत्ता प्राप्तिका निम्ति मात्रै गरेका गठबन्धनलाई जनताले अनुमोदन गर्दैन । दलको जुन पहिचान अनुरुपको मूल्य, मान्यता, सिद्धान्त अनुसार नै गठबन्धन गर्नुपर्ने हो । ज्वलन्त उदाहरण, २०७४ मा एमाले र माओवादीको गठबन्धन जनताले स्वीकार ग¥यो झण्डै दुईतिहाइले । खास अर्थमा, अहिलेको गठबन्धनलाई त्यति रुचाएको देखिएन हालाकी, यसले मत भने प्राप्त ग¥यो”, उनले भने ।

लोकतन्त्रलाई सजग, सबल बनाउन जुन व्यवस्था राखिएको छ त्यो दलीय परम्परा, अभ्यास, संसदीय व्यवस्थामाथि नै बन्चरो प्रहार भएको उनले बताए । “लोकतन्त्रलाई सजग, सबल तुल्याउन, शक्ति पृथकीकरण दलहहरुले खिल्लीमा उडाए । राजनीतिक दलमाथ नै प्रश्न उठ्यो । संसदीय अभ्यासमाथि पनि । लोकतन्त्रको उपहास भयो”, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com