बिर्तामोड — झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणना अनुसार घिमिरे निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज ६६ वर्षीय घिमिरे पूर्व राष्ट्रियसभा सदस्य समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्