ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकारहरुले निर्वाचन आयोगसंग पोखे यस्तो गुनासो (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले हरप्रयासबाट आफ्नो तयारीलाई तीब्र पारेको छ । आयोगले निर्वाचनलाई सफल पार्न सरोकारवाला सबै पक्षसँग आवश्यक सहयोग तथा सुझाबको अपेक्षासहित छलफललाई तीब्र पारेको छ । आयोगले चुनावलाई आचारसंहीताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सघाउन कलाकारलाईसमेत आग्रह गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले हरप्रयासबाट आफ्नो तयारीलाई तीब्र पारेको छ । जसका लागि आयोगले सरोकारवाला सबै पक्षसँग आवश्यक छलफललाई बढाएको छ । सोही क्रममाप्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहीता कडाई गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत रुपमा सम्पन्न गर्न कलाकारहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरुलाई निर्वाचनसम्बन्धी सूचनाहरु प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले कलाकारहरुले आचारसंहीताको उल्लंघन नगर्ने कुरामा आयोग विश्वस्त रहेको पनि बताउनु भयो ।
आयोगले निर्वाचनलाई सफल तुल्याउन कलाकारहरुकोसमेत साथको अपेक्षा राखेको छ । कलाकारले साथ दिएमा साँच्चिकै निर्वाचनको माहोल बन्ने भन्दै आयोगले निर्वाचनले सिर्जना गर्ने आपसी द्वन्द्व, मनमुटाव, द्वेष, इष्र्या आदिलाई निस्तेज पारेर शान्ति, मित्रता र सहअस्तित्वतर्फ उन्मुख गराउन सिर्जनात्मक शक्ति कलाकारसँग हुने बताएको छ । यता कलाकारहरुले पनि आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् । कलाकारहरुले आयोगले ४ किसिमका मतपत्र छापेको र त्यसमा आम नागरिकहरु झुक्किनसक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कलाकार मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभइ खबरदारी कर्ता पनि भएकाले खबरदारी कर्ताको रुपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने बताए ।त्यस्तै अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए । उनले कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेता फैलाउन सहयोग पुग्ने बताए । त्यस्तै कलाकार दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाव दिइन् । उनले मतदाताहरुलाई निर्वाचन मतदाता शिक्षामुलक सूचनाहरु प्रशारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने बताइन् ।त्यस्तै कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरेका छन् । उनले निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले सोच्नुपर्ने बताए ।त्यस्तै अर्का कलाकार राजा राजेन्द्र पोखरेलले निर्वाचन के हो भन्नेकुरा आम नागरिकसामु आयोगले बुझाउन नसकेको महशुस गरेको बताउँदै भोट किनबेच हुनेकुरा धेरै सामाजिक सञ्जालमा आइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराएका छन् ।

मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरुमा बुझाउनुपर्नेमा समेत उनको जोड छ । निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने जनाएको छ । आयोगले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना राखेको छ । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने आयोगको अनुरोध छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढ्न सुझाव दिएको छ । स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिवद्ध रहेको र सोही अनुसार आफ्ना काम कारवाही अघि बढाएको आयोगको दाबी छ । यसका लागि सम्पूर्ण राजनैतिक दल र सरोकारवालाहरुले निर्वाचन आचारसंहीता पालना गरेर सबैले इमान्दारीता देखाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण– प्रधानमन्त्री प्रचण्ड

जुम्लाको तापक्रम माइनसमा, जाडोले जनजीवन कष्टकर

सम्बन्धित

भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण– प्रधानमन्त्री प्रचण्ड

जुम्लाको तापक्रम माइनसमा, जाडोले जनजीवन कष्टकर

प्रधानन्यायाधीश-वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ

२० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

पोर्चुगलले दियो नेपाललाई दूतावास खोल्न स्वीकृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com