ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयक अब नयाँ प्रतिनिधिसभाले टुंगो लगाउछ – संविधानविद् डा.भीमार्जुन आचार्य


एबीसी / संवाददाता
आश्विन ५, २०७९ बुधबार  १२ : ०३ बजे

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताविधेयक प्रमाणिकरण नगरेको विषय अहिले विवादित छ । सत्ता गठबन्धन दल र कानुनविद्हरुले समेत दोस्रो पटक सिफारिस भएको नागरिकता विधेयक राष्ट्रपतिबाट सवतः प्रमाणिकरण हुनुपर्ने व्यवस्था रहेको बताएका छन् ।

तर, संविधानविद् डा. भीमार्जुन आचार्यले असोज १ गते नै संसदको कार्यकाल सकिएको हुँदा स्वतः निष्क्रिय हुने संविधानमा उल्लेख रहेको बताए । एबीसी अनलाइनसँग कुरा गर्दै उनले भने, “दोस्रो पटक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष नागरिकता विधेयक पठाइसकेपछि १५ दिनसम्म राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने संविधानमा उल्लेख छ । त्यो भनेको असोज ४ गते पुग्दो रहेछ । यसैबीचमा असोज १ गतेबाट संसदको कार्यकाल अन्त्य भयो । संसद अन्त्य भएपछि विधेयकहरु निष्क्रिय हुने संविधानमा लेखेको छ ।”

सायद, राष्ट्रपतिले असोज १ गतेपछि विधेयक निष्क्रिय भएको ठानेर प्रमाणिकरण नगरेको हुनसक्ने उनको भनाइ छ । उनले अबको विकल्प भनेको प्रमाणिकरण गर्ने र त्यसको कानुन बन्ने रहेको तर, यो नयाँ बन्ने प्रतिनिधिसभाले अगाडि बढाउन सक्ने बताए ।

“अबको बाटो भनेको निष्क्रिय विधेयक चाहिँ प्रमाणिकरण गर्ने, त्यसको कानुन बन्ने, नयाँ प्रतिनिधिसभाले अगाडि बढाउन सक्छ । संविधानमा लेखेको छ । संविधानको धारा १११ उपधारा १० मा, अबको निकास त्यही नै हो जस्तो लाग्छ”, उनले भने ।

अब जति पनि विधेयकहरु निष्क्रिय भए, यी सबै नयाँ प्रतिनिधिसभाले के गर्छ, त्यसमा भर पर्ने उनले बताए । यसैसँगै निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोगको कारबाही प्रारम्भ भएको तीन महिनाभित्र समितिले काम सकाउनुपर्ने प्रावधान रहेको पनि उनले जोडे ।

“यसैगरी चलेको छ देश । अबको उपाय अब आउने प्रतिनिधिभाले यसलाई अगाडि बढाउने संविधानमा लेखेको छ । राजनीतिक रुपमा दल, सरोकारवालाले र गठबन्धन सरकारले असहयोग, टिकाटिप्पणी गर्न सकिएला । तर, यसलाई उपभोग गर्दा कानुनसम्मत् छ”, राष्ट्रपतिले यो विकल्प रोजे कानुनसम्मत् रहने उनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com