ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सत्ता गठबन्धनमा ८० प्रतिशत सिट टुंगिसक्यो’


एबीसी / संवाददाता

काठमाडौं, २९ भदौ ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन निरन्तर छलफल हुँदै आएको छ । तरपनि, सिट बाँडफाँट सम्बन्धमा सहमति जुट्न सकेको छैन । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची असोज २ गतेसम्म बुझाउनुपर्ने समयसमा तोकेको छ । जस कारण, पनि दलहरु प्रत्यक्षतर्फको सिट टुंग्याउनु अघि समानुपातिकको सूची तयार गर्न यतिबेला आन्तरिक गृहकार्यमा जुटेका छन् । यसै सन्दर्भमा जनता समाजवादी पार्टीका नेता मनिष सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारितः

पाँच दलीय सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित नेता मनिष सुमन पनि सहभागी हुदै आएका छन् । बैठकमा भएको छलफलबारे बोल्दै सुमनले गठबन्धनमा करिब–करिब ८० प्रतिशत सिट संख्या टुंगिएको बताए ।

उनले भने, “निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा लगातार बैठक बस्दै आएको छ । सबै टुंग्याऔं भन्ने उद्देश्यका साथ बसेका छौं । तर, बैठकमा सबै थोक सोच्नपर्ने रहेछ । छलफल करिब, करिब टुंगिएको छ । ८० प्रतिशत सिट टुंगिसकेका छन्, निर्णय गर्न मात्र बाँकी छ ।”

बैठकमा द्वीपक्षीय, त्रिपक्षीय छलफल पनि भएको भन्दै उनले पाँच वटै दलहरुमा अत्याधिक सिटबारे छलफल भएको बताए । निर्णयमा पुगेको छ, आजदेखि तीन दिन मात्रै बाँकी छ, समानुपातिक सूची सबै पार्टीले बुझाउनुपर्नेछ । पार्टीको सूची तयार गर्नुपर्ने भएकाले समानुपातिकको असोज २, ३ गतेसम्म । असोज ४ गते पश्चात् बस्ने पहिलो वा दोस्रो बठकमा सहमति जुट्न सक्ने उनको भनाइ छ ।

उनले भने, “प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रको तालमेल र सूची पाउनुहुनेछ, त्यसपछि ३३० वटा सिट हामी टुंग्याउनेछौं ।”

जसपाले मुख्यगरी, मधेश प्रदेश केन्द्रीत हुने गरेपनि प्रदेश १, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ल्याकत अनुसार निर्वाचित हुने सिट ल्याएकले त्यसमा दाबी गर्दै आएको छ । उनले गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने गरी छलफल हुने गरेको बताए ।

‘गठबन्धनकै निर्णय मात्र कुर्दैनौं’

यसैगरी, जसपा प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेत भने गठबन्धनमा सबै दलको आ–आफ्नै दाबी रहेको बताउँछन् । गठबन्धनले थप केही पनि निर्णय गरिनसकेको बताउँदै उनले सिट संख्याको सन्दर्भमा जसपाले मधेशमा पहिला जितेको ठाउँ स्वभाविक रुपमा दाबी रहने बताए ।

बस्नेतले भने, “प्रदेश १ मा धनकुटा, सुनसरी, खोटाङ, मोरङ । लुम्बिनी प्रदेशको कपिलवस्तु, नवलपरासी, रुपन्देहीमा उम्मेदवारहरुले दाबी गरिरहनुभा छ । काठमाडौंमा शीर्ष नेता एवम् संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, उहाँ आफै पनि उम्मेदवारका लागि तयार हुनुभएको छ ।”
जसपाले उम्मेदवार सिफारिस गरिरहको भन्दै उनले पार्टीको संसदीय बोर्डको बैठकले लगभग उम्मेदवार तय गर्ने र केन्द्रीय कार्यकारिणी समिति बैठकले त्यस उपर अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

“गठबन्धनले के निर्णय गर्छ, त्यो तिर लाग्दैनौं । पार्टीले निर्णय गर्छ, साथीहरु निर्वाचनमा होमिनुभाछ ।”

उनले आगामी निर्वाचन सन्दर्भमा घोषणापत्र तयार गर्ने काम पनि छिट्टै टुंगोमा पुग्ने बताए । मधेशको सवाल मुख्य रहेपनि राष्ट्रव्यापीरुपमा भएको शोषण, विभेदविरुद्ध संघीयता, सुशासन, समृद्धि र समाजवादको मुख्य उद्देश्यहरु घोषणापत्रमा समावेश गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com