काठमाडौं, ७ माघ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले संचार माध्यामहरुले न्यायालयमाथि आँच आउने खालका समाचार संप्रेषण गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रधानन्यायाधिश पराजुलीले सत्यतामा आधारित समाचार सम्प्रेषण गर्न पनि संचार माध्यमको गम्भीर ध्यानाकर्षण गराउनुभयो । आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले न्यायालयमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुञ्जायस नहुने स्पष्ट पार्नुभयो ।
वरिष्ठ चिकित्सक गोविन्द केसीले न्यायालयको भ्रष्टाचारविरुद्ध सडकबाटै आन्दोलन सुरु गरेकोतर्फ संकेत गर्दैै प्रधानन्यायाधिश पराजुलीले न्यायालय न्यायिक प्रक्रियाबाटै संचालन हुने भएकाले सोही अनुसारको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने पनि बताउनु भयो ।
प्रधानन्यायाधिश पराजुलीले नागरिकको सूचनाको हकलाई व्यवहारिकरुपमै प्रत्याभूति दिलाउने गरी समाचार सम्प्रेषण गर्नेतर्फ प्रेस काउन्सिल नेपालले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।
कार्यक्रममा प्रधानन्यायाधिश पराजुलीले पत्रकारहरुमाथि हुने उजुरीको समेत सुनुवाई हुन सक्ने गरी व्यवस्था गरिएकोे वेबसाईट पनि लन्च गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्