ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले बीपीलाई धेरै पहिले त्यागिसक्यो – बीपी पुत्र प्रकाश कोइराला


एबीसी / संवाददाता

काठमाडौं, २४ भदौ ।

प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको १०९ औं जन्म जयन्तीमा उनले नेपाली राजनीतिक तथा साहित्यिक क्षेत्रमा पु¥याएका योगदानको सम्मान एवम् स्मरण गर्ने गरिन्छ । देशमा प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेका बीपी राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक थिए । उनले नेपाली राजनीतिमा देखाएको वैचारिक मार्ग र योगदानको सदैव स्मरण हुने गरेको छ । यसै सन्दर्भमा बीपी सुपुत्र प्रकाश कोइराला र नेपाली कांग्रेसका नेता सत्यनारायणशर्मा खनालसँग एबीसीकर्मी धु्रव अधिकारीले गरेको संवादमा आधारित आलेखः

लामो समयदेखि सक्रिय राजनीतिबाट टाढा रहेका बीपी पुत्र प्रकाश कोइराला भन्छन्, “बीपी अहिले इतिहास बन्नुभएको छ । उहाँ इतिहासको पाना हो । उहाँको पोलिटिकल रिलेभेन्ट मोनार्किसँग गाँसिएको छ । प्रजातन्त्र र राजसंस्था दुवै हुनुपर्छ भन्ने थियो ।”

उनले राजसंस्था र प्रजातान्त्रिक परिपार्टी बीपीको मान्यता रहेको उल्लेख गरे । राजनीतिसँगै साहित्यमा बीपीको महत्वपूर्ण योगदान रहेको भन्दै बीपीको त्यो बेलाको प्रकृति बुझ्नुपर्नेमा जोड दिए ।

“अहिलेको कन्टेक्स्ट्मा नेपाली कांग्रेसले बीपीलाई धेरै पहिले परित्याग गरिसके । इतिहासमा बीपीलाई सम्झनुपर्दा, उनी मुुलुकप्रति समर्पित, नेपालमा नैतिकताको राजनीति गर्ने व्यक्तित्व थिए”, उनले जोडे ।

यस्तै कांग्रेस नेता सत्यनारायण शर्मा खनालले बीपीको विचार सान्दर्भिक रहेको भन्दै बीपीले भन्ने गरेजस्तै जोत्नेको जमिन र पोत्नको घर अझै हुन नसकेको बताए । मधेशमा मधेशी, पहाडमा पहाडी मात्रै हुनुपर्ने अहिलेको राजनीतिमा बीपीलाई एउटा मुर्धन्य व्यक्तित्वका रुपमा लिनुपर्ने उनको भनाइ छ ।

उनले भने, “राष्ट्रवादी, समाजवादी हुनुहुन्थ्यो । उहाँको नेतृत्वले जहाँनियाँ शासन खत्तम भयो । हरेक कुराको नयाँ थालनी उहाँले गर्नुभयो । बीपी कोइराला सम्झने मात्रै होइन, अनुकरण गर्न अत्यन्त आवश्यक छ ।”

कांग्रेसले बीपीलाई नबिर्सेको तर अहिलेको परिस्थितीमा लोकतन्त्र रक्षाका लागि अरु पार्टीसँग मिल्नुपर्ने अवस्था आएको उनले बताए । २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी नेतृत्वको १५ महिना सरकारको निकै चर्चा हुने गर्दछ ।

“दरबारको उज्यालोलाई झुपडीमा ल्याउन चाहन्छौं । असंलग्न परराष्ट्र नीति आज पनि आवश्यकता छ”, उनले भने ।यसका लागि राजनीतिमा युवा वर्ग आउनुपर्ने, उनीहरुले यसका पक्षमा काम गर्न सक्ने खनाल बताउँछन् । तर, राजनीतिमा नयाँ आउनेले बीपीको विचारलाई आत्मसात् गर्नसक्नुपर्ने भनाइ उनको छ ।

“हरेक कुरामा पैसा चाहिने, खर्च नगरेर, जनताको मन जितेर, जनताको भलाइ गरेर, अरुको सम्मान गरेर आउनसक्नुपर्छ”, उनले भने ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट सम्बन्धमा स्थायीत्व ल्याउन गठबन्धन गर्नुपरेको र आ–आफ्नो सिद्धान्तका आधारमा चुनावमा लडेर पछि सरकार निर्माणका बेला गठबन्धन गर्न पनि सकिने उनको सुझाव छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

काठमाडौं, २४ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

सम्बन्धित

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...