काठमाडौं, ७ माघ । पार्टी एकताबारे छलफल गर्न पार्टी एकता संयोजन समितिको बालकोटमा सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक तय गरिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उपचारको लागि एमाले अध्यक्ष केपी शर्मा ओली बाहिर भएपछि आज केपी ओली र एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको संयोजन समितिको बैठक आज बसेको हो । संभवत आज नै ठोस निष्कर्ष निस्कने स्रोतको दावी छ ।
लामो प्रतिक्षापछि बस्न लागेको यो बैठकमा एकता प्रक्रिया बारेमा छलफल हुनेछ । ओली उपचार गरे आएपछि पटक पटक दुई अध्यक्षबीच बालकोटमा छलफलपश्चात आज त्यसलाई मूर्तरुप दिन संयोजन समितिको बैठक बसेको स्रोतको दावी रहेको छ ।
यसअघि आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्