ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब कहिले बन्छ प्रदेश सरकार ? यस्तो छ संवैधानिक व्यवस्था..


admin

काठमाडौं, ७ माघ । सातै प्रदेशका निर्वाचित प्रदेशसभाका सदस्यहरुले आईतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ ।

नेपालको संवैधानिक व्यवस्थ अनुसार प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेशको मुख्यमन्त्री नियुत्त गर्नुपर्नेछ । प्रदेशसभामा बहुमत प्राप्त संसदिय दलको नेता नै मुख्यमन्त्रीमा नियुत्त हुनेछन् ।

कुनै दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछ । तर प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ ।

यसरी नियक्त हुने मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यसपछि मुख्यमन्त्रीले कुल सदस्यको २० प्रतिशतभन्दा नबढ्ने गरी मन्त्रिपरिषद् गठन गर्नेछ ।

निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम गत बुधबार सार्वजनिक गरेको थियो । त्यसको ३० दिन अर्थात् अबको २६ दिनभित्रमा प्रदेशको मुख्यमन्त्री नियुक्त हुनेछन् ।

नेपालको संविधान २०७२ ले प्रावधान गरेको प्रदेशसभासम्बन्धित धारा र उपधाराहरु.. 

संविधानको धारा १६८ को उपधारा १

धारा १६८ ले प्रदेश प्रमुखलाई बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने अधिकार दिएको छ।

तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था धारा १६८ को उपधारा २ मा छ ।

संविधानको धारा १६८ को उपधारा २

यसैगरि प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र यसरी नियुक्त हुने मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था धारा १६८ कै उपधारा ४ मा उल्लेख छ ।

धारा १६८ उपधारा ४

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com