ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाध्यताले प्रदेशसभाको शपथ आज गराइँदै


admin

काठमाडौं, ७ माघ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई आज शपथ ग्रहण गराउने कार्यक्रम छ ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेकाले निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको कार्यक्रम आजदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्ने छ ।

प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथ ग्रहणको कार्यक्रम राखिएको हो । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आजै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा हुँदैछ । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुँदैछ ।

प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा हु“दैछ । शपथका लागि बिहान १० बजेको कार्यक्रम तय गरिएको छ । प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरास्थित प्रस्तावित प्रदेश प्रमुख कार्यालय र प्रस्तावित प्रदेश प्रदेशसभा भवन नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा गराउने कार्यक्रम तय भएको छ ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा बिहान ११ बजे गर्ने तयारी भएको छ । प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यहरुको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा गराउने तयारी भएको छ ।

प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यहरुको शपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुँदैछ । शपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको सदरमुकाम पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com