काठमाडौं, ७ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार भएको भेटवार्तामा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको हो ।
बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुवै दलका अध्यक्षले आज अपरान्ह ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताको ठोस एजेन्डालाई अनुमोदन गर्ने सहमति गरेका हुन ।
बैठकले पार्टी एकताको ठोस एजेन्डालाई अन्तिम रुप दिने गरी आवश्यक तयारी गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो ।
ओली र प्रचण्डबीच शुक्रबार पनि पार्टी एकताका विषयमा विस्तृत छलफल भएको थियो । छलफलमा दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्य दल बनाएर अघि बढने विषयमा पनि सहमति भएको बुझिएको छ ।
दुई दलले कार्यदल नै बनाएर राष्ट्रिय सभाको सिट बाँडफाँटमा पनि टुंगो लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्