दाङ, भदौं ६ । घोराइमा तालमा डुबेका एक युवक अझै फेला परेका छैनन् ।
सोमबार बिहान ११ बजेतिर जिल्लाको कर्जाहीमा रहेको तालमा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरीको अवस्था अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
ड्याममा डुबे लगत्तै खोजी कार्य जारी राखेपनि २४ घण्टा बित्नै लाग्दा पनि अझै नभेटिएको हो उनले जानकारी दिए ।
बेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्