काठमाडौं, २९ साउन । चुनावको मिति घोषण गरेसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । मंसिर ४ गतेको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न दलहरु चुनाव केन्द्रीत रहेर गृहकार्यमा जुटेका छन ।
सत्ता गठबन्धन दलमा रहेका काङ्ग्रेस , माओवादी , जसपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । सिट भागबन्डा मिलाउन कार्यदल समेत गठन गरेर गृहकार्य गरीरहेका छन ।
सबैभन्दा जटिल प्रतिनिधि सभा तर्फको प्रत्यक्ष सिट भागबन्डा मिलाउन पर्ने देखिन्छ । पत्यक्ष तर्फको कुल १६५ सिट छ । तर गठबन्धन दलहरुले गरेको दाबीको कुल संख्या जोडने हो भने २१५ सिट आबस्यक देखिएको हो ।
नेपाली काङ्ग्रेसले कम्तीमा ९५ सिटको माग गरेको छ भने, नेकपा माओवादी केन्द्रले ५५ सिट माग गरेका छन् । त्यस्तै माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी र उपेन्द्र यादब नेतृत्वको जनता समाजबादी पार्टीले ३०, ३० सिट दाबी गरेका छन ।
र राष्ट्रिय जनमोर्चाले पनि ५ सिट दाबी गरेको छ । गठबन्धनमा रहेका यी दलहरु सबैको दाबी जोडने हो भने २१५ पुग्छ । जसका कारण पनि गठबन्धनमा सिट मिलाउन सकस रहेको बुझिन्छ ।
अझ मधेस प्रदेश भित्र रहेको ३२ सिट भागबन्डा मिलाउन झन गठबन्धन दललाई महाभारत नै पर्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्