ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सनसनीपूर्ण खेलमा जित निकाल्दै रत्न फाईनलमा


admin
माघ ५, २०७४ शुक्रबार  ६ : ४३ बजे

काठमाडौं, ५ माघ । राखेप च्याम्पियनसिप अन्तरगतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको सनसनीपूर्ण प्रतिस्पर्धामा जित निकाल्दै सेनाका रत्नजित तामाङ् शुक्रबार फाईनल प्रवेश गरेका छ ।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाईनलमा १९ औं नम्बरमा रहेका सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो सेटमा नम्बर एक खेलाडी सेनाका रत्नजित लाई १५ अंकमा रोक्दै जित निकाले ।

दोश्रो सेटमा पनि अग्रता कायम गर्दै सनसनीपूर्ण खेल प्रस्तुत गरेका जुनियर खेलाडी प्रिनसले १५–१४को अग्रता कायम गरेको अवस्थामा कोर्टमा लड्न गई घाईते भए । सो सेट रत्नजितले २१–१५ अंकले जिते । अन्तिम तथा निर्णायक खेलमा रत्नको ८ र प्रिन्सको ३ अंक रहेको अवस्थामा खेल खेःल्न नसक्ने भएपछि प्रिन्सले खेल छोडे र रत्नजितले फाईनलमा स्थान पक्का गरे ।

३३ बर्ष पछि भएको राष्ट्रिय ब्याडमिन्टनको पुरुषकै एकल तर्फको अर्को खेलमा घरेलु दर्शको साथ पाएका एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१–१३, २१–९ले पाखा लगाउंदै उपाधीका लागि सेनाका रत्नसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा महेन्द्रनगर ब्याडमिन्टन संघको अयाोजनमा भएको प्रतियोगिताको महिला एकलमा सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्ष श्रेष्ठको फाईनलमा सामना गर्ने भएकी छिन् । नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ले पाखा लगाईन् । यस्तै शिक्षाले सेनाकी अमिता गिरी माथि २२–२०, २१–१५ को जित निकाल्दै फाईनलमा उपाधीको लागि सेनाकी नङ्गशल संगका भेट पक्का गरिन् ।

यस्तै पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित र नविन श्रेष्ठको जोडलिे फाईनलमा उपाधीको लागि एपिएफका दिपेश धामी र विजित थापामगरको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ ।

तामाङ्को जोडीले सेमिमा एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ को समान अन्तरले पराजत गर्दै फाईनmल प्रवेश गरेका हुन् । यस्तै दिपेशको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।

महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्ष श्रेष्ठको जोडी फाईन पुगे । श्रेष्ठ जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–९, २१–८ले पाखा लगाउंदै फाईनलमा सेनाका नङ्गशल र अनुमायाको जोडी संग भेट पक्का गरे ।

नङ्गशल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५ र २१–१९ को जित निकाले ।

यसै गरि मिस्क जोडी तर्फको खेलमा सेनाका नङ्गशल र रत्न दिदिभाईको जोडीले एपिएफका साजन कृष्ण ताम्रकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ले र एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ले पराजित गर्दै फाईनल भेट पक्का गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

सम्बन्धित

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

टी–२० विश्वकप : ओमानलाई ८ विकेटले हराउँदै जिम्बावेको विजयी शुरुआत

म्याड्रिड डिजाइन फेस्टिवल जारी

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com