ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निहारिकालाई भेटेपछि बालेनको प्रश्न– बच्चाको डिएनए टेस्ट गरिदे भन्दा जल्न तयार हुनुपर्ने ?


एबीसी / संवाददाता

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बलात्कार पीडित निहारिका राजपुतलाई भेटेका छन्। उनले शनिबार शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्। भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गरेका छन्। निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै शाहले प्रश्न गरेका छन्।
‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ?,’ उनले भने, ‘यो अत्ति हो। यो अत्याचार हो।

कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’शुक्रबार निहारिकाले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी हुन्। उनी बसन्तपुरमा अनसन बस्दै आएकी थिइन्। उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। पछि प्रहरीले उनको उद्धार गरी शिक्षण अस्पताल पुर्याएको थियो। आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन्।

यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com