ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमाले सचिवालयको ११ औँ बैठकका निर्णय यस्ता छन्


एबीसी / संवाददाता

काठमाडौं, २६ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको बताउनु भयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको बताउनु भयो । प्रमुख गुरुङले विभिन्न १५ विभागका सचिवहरु पनि मनोनयन गरेको बताउनु भयो ।

विभागका सचिवमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभागको गठन गरेको बताउनु भयो । उहाँले बैठकले स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित गरेको, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रश्तावित आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट पनि पारित गरेको बताउनु भयो ।

विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरुको सन्दर्भमा आवश्यक्ता अनुसार तल्लो कमिटीहरुले गरेको सिफारिसको आधारमा केन्द्रिय कमिटीले आवश्यक निर्णय लिने निर्णय भएको पनि बताउनु भयो । आजको बैठकले केही केन्द्रिय सदस्यको जम्मेवारुी हेरफेर गरेको छ । जसमा मधेस प्रदेशको सह इन्चार्जमा रामदल मण्डल तोकिनुभएको छ भने महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सह इन्चार्ज तोकिएको छ । त्यस्तै भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की जिल्लाको इन्चार्जमा कृष्ण थापालाई तोकिएको बताउनु भयो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार आजको बैठकले नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्को सदस्यमामा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेको छ ।

उहाँले भन्नुभयो, ‘आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने भएको छ । भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक हुन्छ । भदौ १० र ११ गते केन्द्रिय कमिटीको बैठक हुन्छ । आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति आजको बैठकले गठन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल रहेको ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन भएको छ । निर्वाचन परिचालन कमिटी गठनको प्रश्ताव गरेका छौँ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको छ । विभागको सचिवहरु पनि मनोनयन गरेका छौँ ।

उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलिया गरी विभिन्न विभागको सचिवमा मनोनयन गरेका छौँ । तीन वटा विभागको बिस्तार भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग गठन भएको छ । शहरी विकास विभागको गठन भएको छ । भूमि व्यवस्था विभागको गठन भएको छ ।

स्थानीय तह विकास विभागको निर्देशिका पारित भएको छ । पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित भएको छ । वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रश्तावित आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट पनि पारित भएको छ । पार्टी प्रवेशीहरुको सन्दर्भमा आवश्यक्ता अनुसार तल्लो कमिटीहरुले, जिल्ला कमिटी भन्दा माथिको कमिटीहरुले गरेको सिफारिसको आधारमा केन्द्रिय कमिटीले आवश्यक निर्णय लिनेछ । केही केन्द्रिय सदस्यहरुको जिम्मेवारी हेरफेर भएको छ । मधेस प्रदेशको सह इन्चार्जमा रामदाल मण्डल तोकिनुभएको छ, महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुष जिल्लाको सह इन्चार्ज तोकिएको छ, भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की इन्चार्जमा कृष्ण थापालाई तोकिएको छ । केही सदस्यहरु मनोनयन गरेका छौँ । नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्को सदस्यमा राखेका छौँ, जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेका छौँ ।’

नेकपा एमालेले आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटीको बैठक, भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक र भदौ १० र ११ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com