दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित पहिरो निरन्तर झरेपछि तत्काल उद्धारमा समस्या भएको प्रहरी नायव उपरिक्षक गंगाप्रसाद पौडेलले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।निरन्तर वर्षा भइरहेकाले प्रहरीले सचेतना अपनाउन भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्