ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बञ्चरेडाँडामा फोहोर बोकेका १४ टिपर स्थानीयले गरे तोडफोड


एबीसी / संवाददाता

काठमाडौं, २४ साउन । आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयबासीले सिसडोल(बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन अवरोध गरेका छन् ।

गए राति बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले फोहोर बोकेका १४ गाडीमाथि तोडफोड गरेका हुन्।

काठमाडौं महानगरपालिका नगर प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी दुई वटा डोजर र एउटा स्काभेटर तोडफोड भएको बताए।

उनले भने, हिजो बिहानैदेखि स्थानीयले फोहोर फाल्न दिएका थिएनन्,प्रहरी सुरक्षामा फोहोर फालिएको थियो। बेलुका प्रहरीहरु नहुदा गाडी तोडफोड भएको हो। तोडफोड गर्ने समूह भने पत्ता लागेको छैन। खोजी गर्नका लागि सुरक्षा निकायलाई पत्राचार गरेका छौं।

विगत लामो समयदेखि सिस्डोलबासीले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका थिए। यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो । सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका(१ का बासिन्दाले केही दिनयता फोहोर लैजान रोकेका थिए । स्थानीयको अवरोध हटाउन माग गर्दै महानगरले काठमाडौं प्रशासन र धादिङ प्रशासनलाई पत्राचारसमेत गरेको छ ।यसअघि महानगरसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुन स्थानीयले अवरोध गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

सम्बन्धित

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com