ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपतिसँग अष्ट्रेलिया र श्रीलंकाका राजदूतको शिष्टाचार भेटभाट


admin

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अष्ट्रेलिया र श्रीलंकाका राजदूतले शिष्टाचार भेट गरेका छन् । आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत पिटर बड र श्रीलंकाका राजदूत डब्लु. एस. परेराले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपतिले दुवै राजदूतसँगको भेटमा नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए । पुनले अष्ट्रेलियाका राजदूतसँगको भेटमा अष्ट्रेलियासँग नेपालको साढे चार अर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालको निर्यात वृद्धिका लागि अष्ट्रेलिया सरकारले सहयोग गर्नुपर्ने बताए । उपराष्ट्रपति पुनले ५७ वर्षपछि पहिले औपचारिक रुपमा स्थापित नेपाल र अष्ट्रेलियाको सम्बन्ध अहिले सांस्कृतिक, सामाजिक हुँदै जनस्तरसम्म प्रगाढ बनेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा अष्टे«लियाका राजदूत पिटर बडले विश्वकै सुन्दर देश नेपालसँगको सम्बन्धलाई अष्टेलियाले अझै बलियो बनाउन चाहेको बताए । उनले नेपालमा लगानीका लागि अष्टे«लियाको नीजि क्षेत्रलाई सरकारले प्रोत्साहित गरिरहेको बताए ।

उपराष्ट्रपति पुनले श्रीलंकाका राजदूतसँगको भेटमा श्रीलंकाका राष्ट्रपतिको छिट्टै नेपाल भ्रमण हुने आशा गर्दै स्वागतका लागि नेपाली जनता आतुर रहेको बताए । उनले श्रीलंकासँग नेपालको व्यापार घाटा बढ्दो रहेको उल्लेख गर्दै सन्तुलनमा ल्याउन दुवै देशले पहल गर्नुपर्ने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा श्रीलंकाका राजदूत डब्लु एस परेराले आफ्नो देशका राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने बताएका छन् । दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको र श्रीलंकाका राष्ट्रपतिको भ्रमणपछि झनै घनिष्ठ हुने विश्वास व्यक्त गरे । उनले श्रीलंकाका वुद्धिष्ठहरुका लागि नेपाल आस्थाको केन्द्र रहेको उल्लेख गर्दै वार्षिक ५० हजार श्रीलंकालीले लुम्बीनीको भ्रमण गर्ने गरेको बताए ।

एबीसी रिर्पोटर मनोज मगर

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com