ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपतिसँग अष्ट्रेलिया र श्रीलंकाका राजदूतको शिष्टाचार भेटभाट


admin
माघ ५, २०७४ शुक्रबार   ५ : २१   बजे

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अष्ट्रेलिया र श्रीलंकाका राजदूतले शिष्टाचार भेट गरेका छन् । आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत पिटर बड र श्रीलंकाका राजदूत डब्लु. एस. परेराले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपतिले दुवै राजदूतसँगको भेटमा नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए । पुनले अष्ट्रेलियाका राजदूतसँगको भेटमा अष्ट्रेलियासँग नेपालको साढे चार अर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालको निर्यात वृद्धिका लागि अष्ट्रेलिया सरकारले सहयोग गर्नुपर्ने बताए । उपराष्ट्रपति पुनले ५७ वर्षपछि पहिले औपचारिक रुपमा स्थापित नेपाल र अष्ट्रेलियाको सम्बन्ध अहिले सांस्कृतिक, सामाजिक हुँदै जनस्तरसम्म प्रगाढ बनेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा अष्टे«लियाका राजदूत पिटर बडले विश्वकै सुन्दर देश नेपालसँगको सम्बन्धलाई अष्टेलियाले अझै बलियो बनाउन चाहेको बताए । उनले नेपालमा लगानीका लागि अष्टे«लियाको नीजि क्षेत्रलाई सरकारले प्रोत्साहित गरिरहेको बताए ।

उपराष्ट्रपति पुनले श्रीलंकाका राजदूतसँगको भेटमा श्रीलंकाका राष्ट्रपतिको छिट्टै नेपाल भ्रमण हुने आशा गर्दै स्वागतका लागि नेपाली जनता आतुर रहेको बताए । उनले श्रीलंकासँग नेपालको व्यापार घाटा बढ्दो रहेको उल्लेख गर्दै सन्तुलनमा ल्याउन दुवै देशले पहल गर्नुपर्ने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा श्रीलंकाका राजदूत डब्लु एस परेराले आफ्नो देशका राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने बताएका छन् । दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको र श्रीलंकाका राष्ट्रपतिको भ्रमणपछि झनै घनिष्ठ हुने विश्वास व्यक्त गरे । उनले श्रीलंकाका वुद्धिष्ठहरुका लागि नेपाल आस्थाको केन्द्र रहेको उल्लेख गर्दै वार्षिक ५० हजार श्रीलंकालीले लुम्बीनीको भ्रमण गर्ने गरेको बताए ।

एबीसी रिर्पोटर मनोज मगर

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group