काठमाडौं, ५ माघ । एमाले अध्यक्ष केपि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालकोटमा छलफल भएको छ । शुक्रबार दिउँसो १ बजे देखि ४ बजेसम्म भएको छलफलमा कार्यदलको रिर्पोट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनसम्बन्धि विषयमा कुराकानी भएको हो ।
करिब तीन घण्टा लामो भएको छलफलमा नेताद्धयले भोलि थप गृहकार्य गरेर पर्सि एकता संयोजन समितिको बैठक बस्ने बताएका छन् । एकता संयोजन समितिको बैठक पछि छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्